Nepal's First Video FM

नेकपा केन्द्रीय सदस्य एवं पूर्व सांसद लामाको कोरोना संक्रमणबाट निधन

293

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं दक्षिण कोरियाका लागि नेपालका पूर्व राजदूत कमानसिंह लामाको कोरोना संक्रमणका कारण निधन भएको छ ।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा लामाको निधन भएको हो । गत मंसिर १० गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछी लामालाई अस्पताल भर्ना गरिएको थियो ।

उहाँको गएराति निधन भएको पारिवारिक श्रोतले जनाएको छ । काभ्रेपलाञ्चोक जिल्लामा कम्युनिष्ट पार्टीका संस्थापक लामा दुई पटक सांसदमा निर्वाचित हुनुभएको थियो ।

साधारण भिसामा कोरिया जान नपाउने भएपछि लामाले उपचारका लागि कोरिया जान विशेष राहदानीका लागि परराष्ट्रमा आवेदन दिनुभएको थियो ।

केही वर्षअघि उहाँको मिर्गौलाको क्यान्सरको उपचार गरिएको थियो । उहाँमा मधुमेह र उच्च रक्तचापको समस्या पनि थियो ।

लामा सन् २०१२ देखि २०१६ सम्म दक्षिण कोरियाका राजदूत हुनुहुन्थ्यो ।

You might also like

Comments are closed.