Nepal's First Video FM

किन्ने हैन त अब सुन ? घट्यो तोलामै नौ सयले !

514

काठमाडौं। साताको पाँचौ दिन बिहिबार सुन प्रतितोला ९ सय रुपैयाँले घटेको छ। बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेर ९२ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला ७ सयले घटेर ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, तेजावी सुनको प्रति तोलाको मूल्य ९२ हजार ५० रुपैयाँ रहेको छ।

यस्तै बुधबार प्रतितोला २० रुपैयाँ घटेको चाँदी बिहिबार १५ रुपैयाँले घटेको छ। बिहिबार चाँदीको प्रतितोला १२ सय रुपैयाँ कायम भएको छ।

You might also like

Comments are closed.