Nepal's First Video FM

मनोज गजुरेलको बिहे गर्ने अभिव्यक्ति बाहिरिए संगै पूर्वपत्नी मिनाको फेसबुकमा कडा स्टाटसहरु

631

काठमाडौं, २५ मंसिर । हाँस्य व्यंग्य कलाकार मनोज गजुरेलको छिट्टै दोस्रो बिहे गर्ने अभिव्यक्ति बाहिरिए संगै यतिबेला उनको बिहेको चर्चा भइरहेको छ । यसैबिचमा गजुरेलकी पूर्वपत्नी मिना ढकालले पछिल्ला केही दिन यता दैनिक जसो सामाजिक सञ्जालमा आफ्ना भावना पोखिरहेकी छन् ।

विगत ३ वर्षदेखी एकल जीवन बिताउंदै आएका गजुरेलले अन्तत आफ्नो जीवनमा नयाँ सदस्यको आगमन हुन लागेको खुलासा गरेका छन् । गुरेललको हरेक क्रियाकलापमा टिका टिप्पणी गर्दै आएकी ढकालले उनको बिहेको कुरालाई पनि बाँकी भने छोडेकी छैनन् ।

मनोज गजुरेलको दोस्रो बिहे हुने खबर बाहिरिएसंगै ढकालले सामाजिक सञ्जाल फेसबुक तथा टिकटकमा व्यंग्य प्रहार गरिरहेकी छन् । उनका फेसबुकका स्टाटसहरु हेरेर मानिसहरुले त्यसमा आ–आफ्नो धारणा पनि राखिरहेका छन् ।

गएको डिसेम्बर ६ को बिहान “मेरो घरमा राज्तन्त्र ल्याउन मन लाग्यो । तर राजा हुन लायक चै कोइ देखिन” भन्ने स्टाटस पोस्ट्याएर आफ्नो जीवनमा कसैको आवश्यता महसुस गरेको दर्शाएकी मिनाले सोही दिन राती “खान्न खान्न लोकाचार खान लाग्यो माना चार। के हो” भन्ने प्रश्न सहितको स्टाटस लेखिन् । यो गजुरेलको बिहेको खबर पछिको पहिलो प्रहार थियो । त्यसपछि उनले लगातार जसो दिनहुं या भनौं दिनमै ३–४ वटा सम्म स्टाटसले फेसबुकका वाल भरिरहेकी छन् ।

“हुर्काएर हात खुट्टा बलिया बनाइदिए पछी, भात पकाएर दिने र बिरामी हुँदा स्याहार्ने चाहियो नि बिचारा। कम्जोर महिला होइन पुरुष हुन।महिला एक्लै सबल छन र सक्षम बन्न सक्छ्न।”

“मान्छेको जन्म नौ महिनामा हुन्छ। कुकुरको जन्म तीन महिनामा हुन्छ। हात्तिको जन्म बाईस महिनामा हुन्छ क्यारे होइन ? राम्रो र बिशाल चिजको जन्म ढिलो हुन्छ।”

“छि छि ! अन्तिम निर्णय हो भने,अती नै गलत र गैरजिम्मेवार पुर्ण निर्णय हुनेछ । कलिला भर्खर हुर्किदै गरेका साना छोराछोरी माथी अन्याय हुन्छ फेरि त्यही चार भित्ता भित्र।। सधै गलत निर्णय लिदै गर्दा समाज,छिमेकमा शिर ठाडो पारि बाच्न गार्हो हुन्न र ? खोक्रो आडम्बर….. ” । यो स्टाटस पछि भने मानिसहरुले उनलाई पनि प्रतिप्रश्न गरेका छन् । आफ्ना सन्तानको त्यति नै माया लाग्ने भए किन छोडेर बस्न सकेको भन्दै गजुरेलका शुभ चिन्तकहरुले आक्रोश पोखिरहेका छन् । छोराछोरी माथि अन्याय हुन्छ भन्ने आमाले सन्तानको भविष्यको बारेमा सोचेर श्रीमान श्रीमती मिलेर बस्न सक्नु पर्दैन ? समेत भनेका छन ।

मिनाले आफुलाई चित्त बुझ्ने वा आफ्ना पक्षका केही कमेन्टहरुको जवाफ लेख्ने गरेकी छन् । खैर जे भएपनि मनोज गजुरेलको बिहेको खबरले ढकालमा पैदा भएको असन्तुष्टि भने सामाजिक सञ्जालमा प्रष्टै रुपमा देखीएको छ ।

हेर्नुहोस् उनको स्टाटसहरु

You might also like

Comments are closed.