Nepal's First Video FM

सलमान खानको कार्यक्रम खारेज हुने ! पढ्नुहोस्

763

फाल्गुन १६, खिल नेपाल जनसांस्कृतिक महासंघले आगामी फागुन २६ गते राजधानीमा हुन लागेको बलिउड स्टार सलमान खानको कार्यक्रम खारेज गर्न माग गरेको छ।

‘सैनिक मञ्चलाई प्रयोग गरेर नेपालीहरू राष्ट्रियताप्रति कत्तिको संवेदनशील छन् भनेर जाँच्ने भित्री उद्देश्यअन्तर्गत हुन लागेको बलिउड सुपरस्टार दबंग द टुर नामक कार्यक्रम तत्काल खारेज गर्न माग गर्दछौं’, महासंघद्धारा जारी विज्ञप्तिमा भनिएको छ– ‘हाम्रो राष्ट्रियताको रक्षा र संबद्र्धनका लागि उनीसँगै आउने सांस्कृतिक अतिक्रमण स्वीकार्य छैन।

प्रतिव्यक्ति २० हजार रुपियाँको टिकट काट्ने कार्यले नेपाली अर्थतन्त्रलाई समेत धरासायी बनाउने निश्चित छ। त्यसैले उक्त कार्यक्रम तत्काल रोक्न सरोकारवाला सबैलाई हाम्रो विनम्र आग्रह छ।’ महासंघका महासचिव खेम थपलियाद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘विनाशकारी भूकम्पले सिंगो राष्ट्र पीडा र शोकमा डुबेका बेला दुई शब्द सहानुभूति व्यक्त नगर्ने कलाकार खानका लागि हामी नेपालीबाट करोडौं रकम खर्चनु राष्ट्रघात त हुँदै हो, नेपाली कला र कलाकारमाथिको ठूलो अपमान पनि हो।

रक्सीको प्रमोसनका लागि दसौं हजारको टिकट बेचेर कार्यक्रम गर्ने कुरा हामीलाई सर्वथा अमान्य छ। नेपाली कलाकारहरूलाई उपेक्षा गरेर विदेशीलाई करोडौं तिरेर राजधानीको मुटुमा नचाउने कुरा झन् अमान्य छ। कार्यक्रममा रक्सीको टिसर्ट लगाएर टुँडीखेलमा नेपाली जनतालाई उफार्ने दुष्प्रयास भइरहेकोप्रति हाम्रो गम्भीर आपत्तिसमेत रहेको छ।

सलमान खानलाई यस्तो गलत कार्यक्रमको बाहना बनाएर नेपाल नआउन, उनको कार्यक्रमका आयोजक ओडीसी इन्टरटेनमेन्टलाई कार्यक्रम नगर्न तथा आम नेपाली जनतालाई महंगो मूल्य तिरेर कार्यक्रमको टिकट नकिन्न महासंघ हार्दिक आग्रह गर्दछ। साथै, नेपाली राजनीतिक दलहरूलाई सार्वजनिक आमसभा गर्न नदिने तर भारतीय कलाकारलाई सधैं मञ्च खुल्ला गर्ने नेपाली सेनालाई सैनिक मञ्चमा विदेशी नृत्य नचाउने औचित्य पुष्टि गर्न हार्दिक आग्रह गर्दछौं।’

महासंघले जबरजस्ती गर्न खोजे, अन्यथा लिइए, त्यसबाट उत्पन्न हुने आइपर्ने परिस्थितिको जिम्मेवार सम्बन्धित पक्ष नै हुनुपर्ने चेतावनी पनि दिएको छ।
साभार news of nepal

You might also like

Comments are closed.