Nepal's First Video FM

र्वमन्त्री केशरबहादुर बिष्ट भन्छन , राजसंस्था छिट्टै आउँछ, ज्ञानेन्द्र शाहलाई नै राजा बनाउने हो !

464

काठमाडौं, २६ मंसिर । पूर्वमन्त्री केशरबहादुर बिष्टले ज्ञानेन्द्र शाहलाई फेरि राजा बनाउने बताएका छन् । उनले ज्ञानेन्द्र शाहलाई नै राजा बन्ने अधिकार भएकोले बन्ने ठोकुवा गरे ।

प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन्मा कार्यक्रमा बोल्दै ज्ञानेन्द्र शाहलाई नै राजा बनाउने हो, राजा बन्ने अधिकार ज्ञानेन्द्र शाहलाई नै छ ।’ जतिसक्दो छिटो राजसंस्था फर्कने बताए । देशलाई संकटबाट जोगाउन राजसंस्था ल्याउनु अनिवार्य भएको बताए ।

उनले अब राजसंस्था ल्याउन कसैले रोक्न नसक्ने बताए । कृष्णप्रसाद भट्टराई जस्ता सन्त नेताले अगुवाई गरेर बनाएको संविधान माओवादीले माँसेको तर्क गरे ।बिष्टले आफूहरु निरंकुश राजसंस्थाको पक्षमा कहिले नभएको भन्दै अभिभावक राजाको पक्षमा रहेको बताए ।

राजसंस्था हटाउन विदेशीको इशारामा नेपालका केही नेताहरुले चलखेल गरेको आरोप लगाए ।

You might also like

Comments are closed.