Nepal's First Video FM

विरगंजमा एक साथ ३ वटा सन्तानको जन्म, तिनै जनालाई आईसियुमा

447

विरगंज , २६ मंसिर । विरगंज महानगरपालिका लक्षमणवा स्थित रहेका तराई अस्पतालमा एक महिलाले एक साथ ३ वटा सन्तानलाई जन्मदिएका छिन । जिल्ला रौतहट बन्कुलटोल की २२ वर्षीय अनिता देवीले एक्कै साथ २ छोरा र एक छोरी गरी ३ जना बच्चालाई जन्म दिएकी छिन् ।

एक,एक,मिनटको फरकमा ३ वटै बच्चाको जन्म भएको अस्पतालका चिकित्सक डा. तरन्नुम खातुनले जानकारी दिनु भएको छ । जन्म लिएका बच्चाहरु मध्ये २ जना बालक र एक जना बालिका रहेका लाई अस्पताल बाट विशेष सुविधा दि तिनै जनालाई आईसियु कक्षमा राखिएको छ ।

बच्चाहरु जनम लिंदा पहिलो बच्चाको वजन एक किलो ७ सय ग्राम, दोश्रो एक किलो ९८० ग्राम र तेश्रो बच्चा एक किलो ६ सय ग्राम रहेको अस्पताल का प्रशासन प्रमुख शीव शंकर पटेलले जानकारी दिनु भएको छ ।

३ वटा बच्चा जन्म दिएकी आमा अनिता देवीका श्रीमान र उन्का आफन्तहरु ३ वटै बच्चाहरु सकुसल भएको देखेर हर्षित भएका छन् । अस्पताल श्रोतका अनुसार जन्मीएका बच्चाहरु को शारिरीक अवस्था पूर्ण रुपमा स्वस्थ्य भएको चिकित्सक श्रोतले जनाएको छ ।

You might also like

Comments are closed.