Nepal's First Video FM

मैले भनेको काम पुरा भएन भने अनसन बस्दिन्छु : मुख्यमन्त्री लालबाबु

758

फाल्गुन १७,प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले आफ्नो माग पूरा नभए अनसन बस्ने चेतावनी दिएका छन् ।

गरिबी निवारण कोषले मंगलबार जनकपुरमा आयोजन गरेको स्थानीय सरकारसँग प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राउतले केन्द्रीय सरकारले असहयोग गरेको आरोप लगाउँदै अनसन बस्ने चेतावनी दिएका हुन् ।

केन्द्र सरकारको सोच र शैलीमा परिवर्तन आउनु पर्ने भन्दै उनले पुरानै व्यवहार गरिरहे आन्दोलनमा जाने चेतावनी दोहोर्‍याए । प्रधानमन्त्रीले नै मुलुक चलाउन भए मुख्यमन्त्रीको आवश्यकताबारे प्रश्न उठाउँदै उनले भने, ‘मुलुक प्रधानमन्त्रीले नै चलाउने भए, मुख्यमन्त्री किन चाहियो?’

यसअघि केन्द्रीय सरकार मातहत रहेको कर्मचारी र प्रहरी–प्रशासनले असहयोग गरिरहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्रलेखेका मुख्यमन्त्री राउतले अनसन बस्ने चेतावनी दिएका हुन् ।

प्रहरी–प्रशासन प्रदेश प्रमुखको मातहतमा नभए संघीयता कार्यान्वयनमा असर पुग्ने भन्दै उनले भने, ‘प्रहरी–प्रशासनलाई प्रदेशको मातहातमा ल्याउने प्रयास गर्छौं, यस कार्यमा केन्द्र सरकार बाधक बन्यो भने जानकी मन्दिरको परिसरमा अनशन बस्छौं ।’

You might also like

Comments are closed.