Nepal's First Video FM

ओली सडकमा नाङ्गै हिँडिरहनु भएको छ: गगन थापा, कम्युनिष्ट सरकार इतिहासमै भ्रष्टचारी, ‘राजा आऊ, देश बचाऊ’ भन्नेहरुलाई रामचन्द्र पौडेलको प्रश्न,

483

काठमाडौं , प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्‍यो । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दुर्व्यवहार, भ्रष्टाचार र कोरोना नियन्त्रणमा सरकारको लापरवाहीको विरोधमा कांग्रेसले सरकारविरुद्ध सोमबार ७७ वटै जिल्लामा प्रदर्शन गरेको हो ।

बिभिन्न ठाउमा नेताहरुले बोल्दै नेपाली काँग्रेसका सांसद गगन कुमार थापाले नेकपाको सरकार भ्रष्ट्राचारको दलदलमा रुमालिएको आरोप लगाउनु भएको छ । भ्रष्ट्राचारको दलदलले नेकपाका नेताहरु नाङ्गै नै भइसकेको थापाले बताउनुभयाे । कैलाली जिल्लामा पुग्नुभएका सांसद थापाले प्रधानमन्त्री ओलीसहित अध्यक्ष प्रचण्ड र माधव नेपाल पनि सडकमा नाङ्गै हिँडिरहेको बताउनुभयो ।

बिरोध प्रदर्शनमा सम्बोधन गर्दै उहाँले प्रधानमन्त्री सडकमा नाङ्गै हिँडिरहेको बताउनु भएकाे हाे । त्यस्तै दलकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधव नेपाल पनि ओलीलाई कहिले अगाडि त कहिले पछाडिबाट काँध हाल्दा नाङ्गै भइसकेको थापाको भनाइ छ ।

यस्तै सभापति शेरबहादुर देउवाले सरकारकै कारण सडकमा ‘राजा आऊ देश बचाऊ’ को नारा लागेको बताएका छन् । सरकारविरूद्ध मकवानपुरमा आज भएको प्रदर्शनमा सभापति देउवाले भने, ‘राजा आऊ, देश बचाऊ भनेर कराइरहेका छन्, कहाँबाट हिम्मत आयो ?

उनले भने, ‘ओली नै तत्कालिन राजासँग मिलेको भए थाहा छैन । होइन भने कसरी आन्दोलन भएको छ ? प्रजातन्त्रको खिलाप जानुहुन्न भन्दा तत्कालिन राजाले आफूलाई थुनेको भन्दै राजालाई कांग्रेसले पटकपटक ल्याए पनि उनीहरू प्रजातन्त्रलाई देखिनसहेका कारण राजा आउने भ्रम नराख्न देउवाले बताए । सरकार भ्रष्टाचार र बलात्कारका घटना बढेको उनको आरोप छ ।

यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले यो जागरण नेपाली कांँग्रेसको मात्र नभएर नेपाली जनताको जागरण भएको बताउनु भएको छ । उहाँले पछिल्लो समय देशमा असुरक्षा भष्ट्राचार जस्ता अमानवीय घटनाहरु बढिरहेको बताउँदै, पुल निर्माण गर्दा सरकारले करङ भाँच्ने काम गरेको आरोप लगाउनु भयो ।

‘वर्तमान सरकारले सबै सत्ता आफ्नो हातमा लिएर आफ्नो हात जगन्नाथ गर्ने काम गरिरहेको छ । राज्यको ढुकुटी लुटेर आफ्नो कार्यकता पोस्ने काम भयो । सरकारकै कारण सडकमा जथाभावी नारा लागेको छ, उहाँले भन्नुभयो । साथै उहाँले राजा आउ देश बचाउ भन्नेहरुलाई तिमीहरुले कुन राजा ल्याउन खोजेको हो भन्दै प्रश्न समेत गर्नुभएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार पोखरामा सरकारविरुद्ध प्रदर्शन गरेको छ । सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले अधिनायकवादी कम्युनिष्ट सरकारबाट लोकतन्त्र जोगाउन गाउँगाउँबाट जनता जगाउनु पर्ने बेला आएको बताए । सर्वसत्तावादी कम्युनिष्ट सरकारले प्रजातन्त्रका मुल्यमान्यका कुल्चदै अधिनायकबाद लादेको बताउँदै देशभरी सोमबार सुरु भएको विरोध कार्यक्रम काष्टिङ मात्र भएको सुनाए ।

नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री यज्ञबहादुर थापाले भ्रष्टाचार नै भ्रष्टाचारमा चुलुम्म डुबेको कम्युनिष्ट सरकार ओरालो लागेको मृग जस्तै भएको बताए । अवको निर्वाचनमा तीनै तहमा कांग्रेसको सरकार हुने उनले बताए ।

You might also like

Comments are closed.