एजेन्सी, बलिउड अभिनेता वरुण धवन कोरोनाद्वारा संक्रमित भएपछि आफ्नो घरमा आइसोलेशनमा छन् । आइसोलेशनमा बसिरहेका उनले सोमबार आफ्नो प्रशंसकलाई उनको बुढ्यौली तस्बिर देखाएका छन् ।
वरुणले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा तीनवटा तस्बिर साझा गरेका छन्, जसमा उनले आफ्नो युवावस्था, हालको अवस्था र भविष्यमा कस्तो देखिनेछन् भनेर देखाएका छन् ।
तीनवटा फोटोको यो कोलाजलाई वरुण धवनले सेयर गरेर क्याप्सनमा लेखेका छन्, ‘जीवन आइसोलेशनमा छ । मलाई ढल्केको उमेरमा हेर्न चाहनुहुन्छ भने दायाँपट्टी स्वाइप गर्नुहोस् । ’
अभिनेताले हालै आफूमा कोरोनाको संक्रमण देखिएकोले आइसोलेशनमा रहेको जानकारी दिएका थिए । उनी फिल्म ‘जुग जुग जियो’ को सुटिङका बेला चन्डीगढमा कोरोना संक्रमित भएका थिए ।
यस्तै कमेडियन भारती सिह लागुऔषध प्रकरणमा मुछिएपछि पक्राउ परिन् । लागुऔषध प्रकरणमा उनका दम्पत्ति पक्राउ परेपछि ‘द कपिल शर्मा शो’ बाट निकालिएको खबर बाहिर आएको थियो । तर हाल कथा अर्कै भएको छ । भारती सिंहले उक्त शो को दुई पटक सुर्टिङ गरेकी छिन् ।
भारती सिंहले इन्स्टाग्राममा शो को सुर्टिङका केही तस्वीर सेयर गरेकी छिन् । उनको तस्वीर भाइरल भएको छ । रातो रंगको कुर्ता सलवालमा भारती सिंह निकै सुन्दर देखिएकी छिन् । यसको साथमा उनले हेवी गहना पनि लगाएकी छिन् ।
तस्वीर सेयर गर्दै भारतीले क्याप्सनमा लेखेकी छिन्, ‘रातो रंग दिलको रंग मानिन्छ । कपिल शर्मा शो हरेक शनिबार–आइतबार राति साढे नौ बजे ।’
Comments are closed.