काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेका छन्।
बुधबार अपरान्ह बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकलाई सम्बोधन गर्दै नेकपा अध्यक्षसमेत रहेका ओलीले भावी प्रधानमन्त्रीका रुपमा उपाध्यक्ष गौतमलाई प्रस्ताव गरेका हुन्।
पार्टी सचिवालय गौतमले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई साथ दिएको अवस्थामा ओलीले आजको स्थायी कमिटीमा यस्तो प्रस्ताव गरेका हुन्।
उपाध्यक्ष गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीका अनुसार ओलीले आफ्नो सम्बोधनलाई बिट मार्ने क्रममा उक्त प्रस्ताव गरेका हुन्। ‘अबको प्रधानमन्त्री कमरेड वामदेव हुन्। त्यसका लागि के के कानुनी व्यवस्था गर्नुपर्छ तयार रहनुहोला’, ओलीको भनाइ उद्धृत गर्दै सुवेदीले भने, ‘यसबारेमा आगामी बैठकमा छलफल गरेर निर्णयमा पुग्नुपर्छ। वामदेवजीलाई प्रधानमन्त्री बनाउन आवश्यक कानुनी तथा संवैधानिक व्यवस्थाबारे आगामी बैठकबाट टुङ्ग्याउने गरी अघि बढौँला।’
Comments are closed.