Nepal's First Video FM

टप थ्रीमा पुगेका सन्तोष साहले अन्तिममा हारे सबैको मन जिते, आलेक्स बने बिजेता

506

एजेन्सी, विश्व प्रतिष्ठित प्रतियोगिता ‘मास्टर सेफ: द प्रोफेसनल्स् २०२०’ को टप थ्रीमा पुगेका सन्तोष साह उपाधिबाट बाहिरिका छन् । बिहीबार बेलुका बीबीसी वानमा प्रसारित ग्रान्ड फिनालेमा उनको मास्टर सेफ च्याम्पियन बन्ने सपना अधुरै रह्यो । उपाधि बेलायती सेफ आलेक्स वेवले जिते ।

३२ जना व्यावसायिक सेफबीच शुरु भएको उक्त प्रतियोगितामा टप थ्री पर्नुलाई पनि उनले ठूलो उपलब्धि मानेका छन् । विश्वसामु नेपाली खाना चिनाउन र लाखौं नेपालीको मन जित्न सफल भएकाले उपाधिभन्दा त्यो महत्वपूर्ण भएको उनले प्रतिक्रिया दिए ।

बिहीबार बेलुका बीबीसी वानमा प्रसारित ग्रान्ड फिनालेमा उनको मास्टर सेफ च्याम्पियन बन्ने सपना अधुरै रहेपनि नेपाली खाना विश्व सामू परिचित गराउने उनको सपनालाई कसैले रोक्न सकेनन्। प्रत्येक पटक नेपाली खानाको स्वाद चखाएर टपमा पुगेका सन्तोषलाई उपाधिबाट बेलायती सेफ आलेक्स वेवले हराए।

करिब ५ सातादेखि चलेको तीव्र प्रतिस्पर्धामा सन्तोषले नेपाली परिकारमात्र पस्किएर आफ्नो उपस्थिति दरिलो बनाए । हिमाल, पहाड र तराईको खाना र नेपाली भेषभूषा एवं संस्कृति विश्वसामु चिनाए । नेपाली झण्डा फहराए । भादगाउँले र ढाका टोपी पहिरिए ।

बिहीबारको फाइनल एपिसोडमा नेपाली ढाका टोपीमा सजिएका थिए सन्तोष । त्यसअवसरमा उनीबारे बीबीसीले तयार पारेको एक भिडियो सामग्री देखाइएको थियो जसमा सन्तोषले नेपालको राष्ट्रिय झण्डा प्रदर्शन गरे । उक्त अन्तरराष्ट्रिय प्रतियोगितामा नेपाली खाना लिएर जाने सन्तोष एकमात्र नेपाली हुन् ।

You might also like

Comments are closed.