प्रचण्डसँग भेटेलगत्तै प्रधानमन्त्री ओली गृहमन्त्री भेट्न पुल्चोकमा, स्वास्थ्यमन्त्री र भौतिक पूर्वाधारमन्त्री पनि
काठमाडौं, ४ पुष । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली गृहमन्त्री राम बहादुर थापा ‘बादल’लाई भेट्न पुल्चोकस्थित मन्त्री क्वार्टरमा पुगेका छन् ।
प्रधानमन्त्री भएपछि ओली पहिलोपटक दाहालनिवास खुमलटार पुगेको बताईएको छ । अध्यक्षद्धय ओली र दाहालबीच के के कुराकानी भयो ? भन्ने कुरा खुलाईएको छैन् । तर, उनीहरुबीच पार्टी विवादमा केन्द्रित रहेर छलफल भएको बुझिएको छ । दाहाल निवासमा भएको अध्यक्षद्धयको भेटवार्तामा उपाध्यक्ष वामदेव गौतमा पनि सहभागी थए । खुमलटारबाट बाहिरिएका प्रधानमन्त्री ओली अहिले पुलचोकस्थित् मन्त्रीक्वाटरमा गृहमन्त्री रामबहादुर थापा बादल भेट्न आएका छन् । अहिले उनीहरुबीच एक्लाएक्लै भेटवार्ता भैरहेको छ ।
पार्टीमा आन्तरिक विवाद चर्किरहेका बेला प्रधानमन्त्री ओलीको याे सक्रियता र भेटघाटलाई निकै चासोका साथ हेरिएको छ ।
Comments are closed.