माघ १२, राष्ट्रियसभा निर्वाचनको आचारसंहिता आजबाट लागू भएको छ । माघ २४मा हुने निर्वाचनको आचारसंहिता शुक्रबारबाट लागू भएको निर्वाचन आयोगले जनाएको छ ।निर्वाचन स्वच्छ, निश्पक्ष, पारदर्शी र भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागि आजदेखि आचारसंहिता लागू गरिएको जानकारी प्राप्त भएको छ।
सरकार, सरकारका मन्त्री, प्रदेश र स्थानीय तह, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, निर्वाचनको काममा संलग्न कर्मचारी, राजनीतिक दल, दलका भ्रातृ संगठन, उम्मेदवार, पर्यवेक्षक तथा सरकारी र निजी क्षेत्रका सञ्चारमाध्यामलाई समेत आचारसंहिता लागू हुने छ।
Comments are closed.