काठमाडौं। नेकपा स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आइतबार ८ बजेतिर सामाजिक सञ्जाल फेसबुकमा संसद् विघटन गर्ने सरकारको निर्णयको बचाउ गर्दै एक स्टाटस पोस्ट गरे।
उनले लेखेको यस्तो थियो …
पार्टी एकताको मर्म विपरितको समिकरण,पार्टी विधानको व्यवस्था विपरित पहिलो वरियताका अध्यक्ष तथा प्रधानमन्त्रीका विरुद्धको संगिन आरोप सहितको अर्का अध्यक्षको एकल प्रस्ताव र दलभन्दा वाहिरवाट अविश्वास प्रस्ताव दर्ताको चलखेल रोक्ने प्रयास असफल भएपछिको वाध्यात्मक कदमका रुपमा ताजा जनादेशमा जाने निर्णय आएको हो । पुरानो जनादेशको सान्दर्भिकता स्थापित नभएको अवस्थामा नयाँ जनादेश खोजी लोकतन्त्रमा स्वभाविक मानिन्छ । चुनावले लोकतन्त्र सुरक्षित र सुदृढ हुन्छ । सडक आन्दोलनको वाटोले प्रतिकृयावादी र दक्षिणपंथीहरुलाई फाईदा पुर्याउन सक्छ । गंभीर र जिम्मेवार बनौ ।
तर, उनको यो स्टाटसमा कमेन्टको वर्षात भएको छ, त्यो पनि विरोधमा। धेरै जसो नेकपाकै कार्यकर्ताले उनको स्टाटसमा कमेन्ट गर्दै संसद् विघटनको चर्को विरोध गरेका छन्। अहिले सम्म १७ हजरले कमेन्ट गरेका छन, ५ सय भन्दा माथिले शेयर गरेका छन । ३६ सयले लाइक गरेका छन ।
Comments are closed.