Nepal's First Video FM

भोलिको बैठकबाट प्रचण्ड–माधव नेपालले ओलीलाई अध्यक्षबाट हटाउने ,प्रचण्डलाई कारबाही गर्ने ओली पक्षको तयारी

503

काठमाडौं । भोलिको बैठकबाट सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक रुपमा विभाजनको अन्तिम चरणमा पुगेको छ । एकले अर्को लाई कारबाही गर्ने रणनिती बनेको छ ।

प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गरिएको पत्र निर्वाचन आयोगमा पेश गरेपछि ओली पक्षले पनि प्रचण्डलाई कारबाहीको तयारी गरेको छ ।

भोलि बिहान ९ बजे बालुवाटारमा बस्ने केन्द्रीय कमिटी बैठकले प्रचण्डलाई अनुशासनहीन काम गरेको,आफ्नै पार्टीको अध्यक्ष प्रधानमन्त्री विरुद्ध विपक्षीसँग मिलेर अविश्वास प्रस्ताव दर्ता गर्न खोजेको,पार्टी एकता विपरीत गतिविधि गरेको लगायतका आरोप लगाउँदै अध्यक्ष पदबाट हटाउने तयारी गरेको ओली निकट स्रोतले जनाएको छ ।

प्रचण्ड-नेपाल पक्षले दिउँसो १ बजेलाई बैठक बोलाएको हो । सोमबार बस्ने भनेको प्रचण्ड-नेपाल पक्षको स्थायी समिति बैठक पनि भोलि मंगलबार नै बस्ने भएको छ । नेकपा केन्द्रीय कार्यालयका दुई कार्यालय सचिवले सचिवले फरकफरक बैठकका लागि एसएमएस पठाउँदै जानकारी गराएका छन् ।

प्रचण्ड–नेपाल समूहले आइतबार नै स्थायी कमिटीको बैठकबाट निर्णय गराएर ओलीलाई अनुशासनको कारवाही गर्ने प्रस्ताव ल्याउने बताएको थियो । प्रचण्ड पक्षको यस्तो तयारी थाहा पाएपछि ओली समूहले पनि बैठक बोलाएर प्रचण्ड–नेपाल समूहलाई कारवाही गर्ने योजनाअनुसार बैठक बोलाएको बुझिएको छ । सोमबार बानेश्वरमा बसेको प्रचण्ड पक्षको भेलाले असंवैधानिक काम गर्ने प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई कारवाही गर्ने तयारी भएको वरिष्ठ नेता झलनाथ खनालले बताए ।

You might also like

Comments are closed.