काठमाडौं, ६ पुस। शिव हमालको शब्द तथा संगीतमा रहेको नयाँ लोकदोहोरी गीत ‘भिरमा सेती गाई’ बोलको गीतझन्डै ५ लाख दर्शकले हेरी सकेका छन, यो गीत लाई ४ लाख ७२ हजार भिउज पुगेको छ, १ हजार ७ कमेन्ट , १६ हजर लाइक , ५ सय अन लाइक गरेका छ्न ।
यो गीतमा विष्णु माझी र बिरु लामाले स्वर दिएका छन् भने यो गीतको भिडियो निकै राम्रो बनेको छ, लोकेसन उस्तै राम्रो, कोरस टन्नै राखेर खिचियको भिडियोमा, ड्रेशअप पनि राम्रो गरिएको छ, तेस्कै कारण होला दर्शकको साथ पाएको छ ।
गीतको भिडियोमा सागर लम्साल ‘बले’ र रुविना अधिकारी फिचर भएका छन् । रोमान्टिक अवतारमा देखिएका सागर र रुविनाले भिडियोमा छमछमी नृत्य गरेका छन् ।
मौसम हिमालीको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको भिडियोमा ठूलो लगानी गरिएको छ । भिडियोलाई काठमाडौं तथा पोखराका विभिन्न स्थानमा खिचिएको छ ।
अजय रेग्मीले खिचेको भिडियोलाई प्रवीण भट्टले सम्पादन गरेका छन् । उत्तमकुमार कार्कीले भिडियोको मोसन ग्राफिक्स तयार गरेका हुन् । भिडियोमा शिव शरण न्याैपानेले सहायक छायांकरको रूपमा काम गरेका छन् ।
गीतको भिडियोबाट मोडलद्वय लम्साल र अधिकारी निकै उत्साहित छन् । निकै मिहिनेत गरेर भिडियो तयार गरिएकाले यसलाई दर्शकले रुचाउने उनीहरूको विश्वास छ ।
Comments are closed.