Nepal's First Video FM

प्रदेश नम्बर एकमा होलीको रौनक, प्रदेश प्रमुखले यसरी मनाए होलि – भिडीयो सहित

840

फाल्गुन १८, मोरङ- फागु पूर्णिया होली पर्वका अवसरमा प्रदेश नम्बर एक प्रमुखको विराटनगरस्थित निवासमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको छ।

विराटनगरको कोशीप्रोजेक्टमा अवस्थित निवासमा दिउँसो १२ बजेबाट सुरु गरिएको कार्यक्रममा प्रदेशमन्त्री, प्रमुख जिल्ला अधिकारी, उद्योगी व्यवसायी, नागरिक समाज, सुरक्षानिकायका पदाधिकारी उपस्थित छन्।

यसै अवसरमा प्रमुख प्रा. डा. गोविन्द तुम्बाहाङले होलीको शुभकामना व्यक्त गरेका थिए। यस क्रममा उनले संविधान २०७२ ले सबै धर्म र संस्कृतिलाई उच्चसम्मान प्रदान गरेको बताएका छन्।

उनले भने, ‘संविधानले सबै जात जातिलाई आफ्नो धर्म, संस्कृति मनाउन पाउने अधिकार प्रदान गरेको छ। यही मूल्य मान्यताको जगमा उभिएर मनाउन लागिएको यो होलीले नेपालीबीच मेलमिलाप, आपसी सद्भाव कायम राख्नेछ।’

सो क्रममा गायक सुमित खड्काले होलीको गीत गाएका थिए। शुभकामना आदानप्रदान कार्यक्रम प्रदेश नम्बर एकको कार्यालयले आयोजना गरेको हो।

You might also like

Comments are closed.