Nepal's First Video FM

नियुक्त भएको तेस्रो दिनमै गृहमन्त्री ‘बादल’ किन पुगे नेपाल प्रहरीको मुख्यालय नक्सालमा

564

फाल्गुन १७, नियुक्त भएको तेस्रो दिन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बुधबार निरीक्षण भ्रमणका क्रममा नेपाल प्रहरीको मुख्यालय नक्साल पुगेका छन्।

निरीक्षणपछि बरिष्ठ प्रहरी अधिकारीहरुलाई निर्देशन दिदै उनले नेपाल प्रहरीलाई विश्वकै रोलमोडल बनाउन सकिने र यसका लागि नयाँ योजना र नयाँ संरचनाको बिकासकासाथ अगाडि बढिने बताएaका छन्। इतिहासले दिएको नयाँ चुनौतीमाथि सफलता हासिल गर्न सबैको साथ, सहयोग र समन्वय आवश्यक रहेको भन्दै आफ्नो योजनामा साथ पदन उनले आग्रह गरेका छन्।

मन्त्री बादलले प्रदेश प्रहरी ऐन तथा क्षेत्राधिकारका साथै पदोन्नती, साधनस्रोतको अभाव लगायतका समस्या रहेको चर्चा गर्दै ती समस्या समाधान गर्न आफु केन्द्रीत हुने बताएका छन्।

यथाशिघ्र संघीय प्रहरी ऐन आवश्यकः महानिरीक्षक अर्याल
कार्यक्रममा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले संघ र प्रदेशका प्रहरी कार्यक्षेत्र स्पष्ट र सरल विभाजनको लागि संघीय प्रहरी ऐन यथाशीघ्र जारी हुनु आवश्यक रहेको बताए। उनले नेपाल प्रहरीको व्यावसायिकता अभिवृद्धि र स्रोतसाधन व्यवस्थापनमा मन्त्रालयको उल्लेख्य भूमिका रहने विश्वास व्यक्त गरे।

एकात्मकबाट संघीय राज्य प्रणालीमा प्रवेश गर्ने अवसर नेपाल प्रहरीको परिप्रेक्ष्यमा नितान्त नौलो र अनुभवरहित रहेको बताउँदै महानिरीक्षक अर्यालले मन्त्रालयबाट नीतिगत स्पष्टतासहितको सहजीकरण भएमा संघीयतातर्फ सहज अवतरण गर्न सकिने बताए।

राज्य प्रणालीमा हुने परिवर्तनसँगै प्रहरी कर्मचारीहरूको संख्या र मौजुदा साधनस्रोतमा पुनरावलोकन हुनुपर्ने अर्यालको भनाई थियो।

पदीय मर्यादा, व्यक्तिगत अनुशासन र सांगठनिक भाइचारा जस्ता संस्थागत हितका बिषयलाई प्रहरी कर्मचारीहरुले ध्यान दिनुपर्नेमा जोड दिँदै प्रहरी महानिरीक्षक अर्यालले यसबाट बिषयान्तरण भएका कतिपय प्रहरी अधिकृतहरु कारबाहीको दायरामा रहेको बताए। संगठनबाट आर्जेको प्रतिष्ठा, जीविकोपार्जन र पेशागत पहिचानको बदलामा संगठनलाई पु¥याएको योगदानको तुलनातर्फ सदैव गम्भीर हुनुपर्नेमा उहाँले जोड दिए।

निरीक्षण भ्रमणको क्रममा गृहमन्त्री थापासमक्ष प्रहरी महानिरीक्षक अर्यालले प्रहरीको बिकासक्रम, वर्तमान अवस्था, चुनौति, आवश्यकता र अपेक्षा सम्बन्धमा प्रस्तुतीकरण गरेका थिए।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.