Nepal's First Video FM

पूर्व मिस नेपाल निकिता चण्डक र विराज भट्टको ‘साङ्लो युट्युबमा , अभिनेत्री मौसमी मल्ललाई स्पर्श म्युजिक भिडियो अवार्ड

471

काठमाडौं, अभिनेता बिराज भट्ट र मिस नेपाल निकिता चान्डक अभिनीत चलचित्र ‘साङ्लो’ युट्युबमा सार्वजनिक भएको छ । बिराजको निर्माण र निर्देशन रहेको चलचित्र गत वर्ष माघमा प्रदर्शन भएको थियो ।

फिल्म ‘साङ्लो’ बाटै विराजले निर्देशनमा डेब्यु गरेका हुन् भने यही फिल्मबाट पूर्व मिस नेपाल निकिता चण्डकले नेपाली फिल्म इन्डस्ट्रीमा डेब्यु गरेकी हुन् । किड्नी तस्करीको कथा बोकेको फिल्म एक्सनले भरिपूर्ण छ ।

फिल्ममा प्रकाश साह र कामेश्वर चौरासिया नेगेटिभ भूमिकामा छन् ।यो फिल्मको कथा शिवम् अधिकारीले लेखेका हुन् । फिल्ममा श्री श्रेष्ठको द्वन्द्व र अर्जुन जिसीको सम्पादन छ ।

मानकृष्ण महर्जनको छायाङ्कन रहेको ‘साङ्लो’ मा जयनन्द लामा, आरपी पन्त, लय सङ्ग्रौला, शिशिर भण्डारीलगायतका कलाकारहरुको पनि अभिनय छ ।‘चरीले काफल’ बोलको गीत सार्वजनिक भएपछि यो फिल्म चर्चामा थियो ।फिल्म ‘साङ्लो’ बुढासुब्बा डिजिटल युटुब च्यानलमा उपलब्ध छ ।

यस्तै यही पुस १८ गते काठमाडौंमा आयोजना हुन लागेको पहिलो संस्करणको ‘स्पर्श म्युजिक भिडियो अवार्ड-२०२०’ मा अभिनेत्री मौसमी मल्ललाई सम्मान गरिने भएको छ ।

आयोजक हिमालयन मुभिज प्रोडक्सन हाउसले दिएको जानकारी अनुसार नेपाली चलचित्रकर्मी सदावहार तथा सुन्दर अभिनेत्री मौसमी मल्ललाई उहाँ नेपाली चलचित्र क्षेत्रमा दिनु भएको योगदानको कदर गर्दै सम्मान गर्न लागिएको हो ।

समारोहमा अभिनेत्री मल्ललको विशेष प्रस्तुती रहने छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.