नेकपाको प्रचण्ड–माधव पक्षले संसद विघटनविरुद्ध आजबाट सडक संघर्ष चर्काउने भएको छ ।
बिहीबार सम्पन्न केन्द्रीय समिति बैठकको निर्णयअनुसार प्रचण्ड माधव पक्ष शुक्रबारबाट सडक संघर्षमा उत्रिएको हो । त्यसक्रममा १० बजे माइतिघर मण्डलामा आफ्नो पक्षका सांसदसहित नेता कार्यकर्ता भेला भएर सर्वोच्च अदालत जाँदैछन् ।
उनीहरूले छातीमा ‘हामी यहाँ छौं’ लेखिएको कागज टासेका थिए।
माइतीघरको प्रदर्शन सकेर उनीहरू अहिले निर्वाचन आयोगतिर लागेका छन्। उनीहरूले ‘हामी अरू जान्दैनौं, संसद विघटन मान्दैनौं’ को नारा लगाइरहेका छन्।
प्रचण्ड र नेपाल आजै सर्वोच्च अदालतमा पनि जाने कार्यक्रम छ।
प्रतिनिधि सभा विघटनविरूद्ध परेका रिटमा आज सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ गर्दैछ।
Comments are closed.