Nepal's First Video FM

डोटीमा आर्युवेदिक उपचारप्रतिको आकर्षण बढ्दै , रोग प्रतिरोधात्मक क्षमता बढाउने

378

डोटी, ११ पुस । कोरोना संक्रमणपछि डोटीमा आर्युवेदिक उपचारप्रतिको आकर्षण बढदै गएको छ । रोग प्रतिरोधात्मक क्षमता बढाउने भएपछि धेरै मानिस परम्परागत उपचार पद्दतितर्फ लागेका हुन ।

कोरोना भाइरस महामारीकाबीच पछिल्लो समयमा डोटीमा आयुर्वेदिक उपचारमा नागरिकको आकर्षण बढ्दै गएको छ । आयुर्वेदिक उपचारले शारीरिक असर नहुने भएकाले यसतर्फ नागरिकको आकर्षण बढ्दै गएको हो । के आइ सिंह गाउँ पालिका मा स्थापना भएको नागरिक आरोग्य केन्द्र स्थापना भए पछि उक्त क्षेत्रका नागरिकका लागि आयुर्वेद स्वास्थ्य केन्द्र स्थापना हुदा सहज भएको छ । घर नजिकै आयुर्वेदिक उपचार पाएपछि स्थानीय हर्षित भएका छन ।
आयुर्वेद स्वास्थ्य केन्द्रमा आउने सेवाग्राहीको सङ्ख्या पछिल्लो समयमा बढ्दै गएको जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रले जनाएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा पञ्चकर्म सेवाअन्तर्गत स्नेहन र स्वेदन सेवा पनि सञ्चालनमा रहेको छ । बाथरोग, पायल्सलगायत रोगको प्रभावकारी विधिबाट उपचार हुने भएकाले सेवाग्राही बढेका छन् ।

आयुर्वेदिक औषधिले जटिल खालका रोगको पनि ठिक हुने भएकाले यसलाइ जनस्तर सम्म पु¥याउन के आइ सिंह गाँउपालिकाले पनि सहयोग गर्ने जनाएको छ ।

कोरोना महामारीमा रोगप्रतिरोधात्मक क्षमता बढाउने जडीबुटी र आयुर्वेदिक औषधि प्रयोग जिल्लामा बढेको छ । उपचार सेवा र औषधी उपलब्ध भएपनि धेरै मानिसमा अझै आयुर्वेदिक अस्पताल र उपचारका बारेमा भने जानकारी देखिदैन । उचित व्यवस्थापन गर्ने र जनचेतना फैलाउने हो भने यसवाट धेरैले लाभ उठाउनसक्ने देखिन्छ ।स्रोत एभीन्युज

You might also like

Comments are closed.