Nepal's First Video FM

वाम गठबन्धन र संघीय समाजवादी फोरमबीच यस्तो बार्ता

459

फाल्गुन १७, वाम गठबन्धन र संघीय समाजवादी फोरमबीच बिहीबार भएको वार्तामा संविधान संसोधनमा लगभग सहमति भएको छ । तर संविधान संशोधनका अन्तरवस्तुका बारेमा भने ठोस निर्णय नभएको स्रोतले बतायो। वार्तामा आवश्यकता अनुसार संविधान संशोधन गर्नेमा सहमति भएकोछ,। तर वाम गठन्धनले कुन धारामा कुन सहमति भन्ने उल्लेख गरेको छैन। फोरमले पनि कुनै धारा तोकेको छैन। यद्यपी आवश्यकता अनुसार संविधान संशोधन गर्ने भनेर फोरमको सेफ ल्याण्डिङ गरेको स्रोतले बतायो।

प्रधानमन्त्री निवास वालुवाटारमा भएको वार्तामा संविधान संसोधनका वारेमा लगभग सहमति जुटेको भएपनि मन्त्रालयको बिभाजनमा भने सहमति हुन वाँकी रहेको बताइएको छ । फोरमले तीन मन्त्रालय माग गरेको तर गठवन्धन दुई मन्त्रालय दिन सहमत भएको श्रोतले बताएको छ ।

वाम गठबन्धनको प्रस्तावपछि फोरमका नेताहरु पार्टीमा छलफल गर्ने भन्दै बाहिरिएका छन् । फोरमले परराष्ट्र मन्त्रालयसहितका तीन मन्त्रालय माग गरेको छ । वाम गठबन्धन परराष्ट्र मन्त्रालय दिन सहमत भएको छ । समाजवादीका नेताहरु आन्तरिक बैठक गरेर औपचारिक जवाफ दिने भन्दै बाहिरिएका हुन् ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.