काठमाडौं, १३ पुस । बलिउडका सुपरस्टार सलमान खानको ५५औं जन्मोत्सव काठमाडौं पनि सेलिब्रेट गरिएको छ। नायक खानले सञ्चालन गरिरहेको ‘बिइङ ह्युमन’को नेपाली फ्रेञ्चाइज संस्थाले जन्मोत्सव सेलिब्रेट गरेको हो।
२७ डिसेम्बरबाट बलिउड सुपरस्टार सलमान खान ५५ वर्षका भएका छन् । बक्सअफिसका हिट मेशिन मानिने उनको भारतसँगै विश्वभर जबरजस्त फ्यान फलोइंग छ । कोरोनाका कारण यसपालीको जन्मदिन परिवारसँग मनाएका उनले आफ्ना प्रशंसकलाई घरमै सुरक्षित रुपमा बस्न आग्रह गरेका छन् । यद्यपि, उनका प्रशंसकले भने उनको जन्मदिन विशेष रुपमा मनाएका छन् ।
नेपालमा पनि उनको जन्मदिन सेलिब्रेट गरिएको छ । आइतवार उनका प्रशंसकहरुको ठूलो समुहले केक काटेर जन्मदिन मनाएको थियो भने सोही साँझ दरबारमार्गस्थित किङ्ग्स लन्जमा सलमानले सञ्चालन गरेको गैरसरकारी संस्था ‘बिइङ्ग ह्युमन’ को नेपाल फ्रेन्चाइज लिएको समुहले नेपाली सेलिब्रेटीहरुको उपस्थितिमा भव्य रुपमा सलमानको जन्मदिन सेलिब्रेट गरेको छ ।
भुवन केसी, सुष्मा कार्की, प्रशान्त ताम्राकारसहितका कलाकारसँगै आयोजकहरूले पनि एकैसाथ केक काटेर सलमानको जन्मदिन मनाएका छन्। कार्यक्रममा सलमान खानको कलाकारिता यात्रासँगै सामाजिक क्षेत्रमा गरिरहेको योगदानको चर्चा गरिएको थियो।
भुवन केसीले कलाक्षेत्रमा लाग्नेहरूका लागि सलमान खान प्रेरणाका स्रोत भएको बताए। कार्यक्रममा गायक–गायिकाहरूले नायक सलमान खानले अभिनय गरेका चलचित्रका एक दर्जन भन्दा बढी गीत प्रत्यक्ष रुपमा गाएका थिए।
Comments are closed.