काठमाडौं, युट्युब सार्वजनिक भएको फिल्म ‘छक्का पन्जा ३’ साङ्लो युट्युबको पहिलो र दोस्रो स्थानमा र वीर बिक्रम २ ५ औ इस्थानमा रहेको छ । यि ३ चलचित्रमा अभिनेत्री दीपिका प्रसाई,निकिता चान्डक,वर्षा सिवाकोटी कडा प्रतिस्पर्धा भएको छ ।
दीपकराज गिरी र दीपाश्री निरौलाले निर्माण गरेको बहुप्रतिक्षित फिल्म ‘छक्का पञ्जा ३’ बुधबार बेलुका सार्वजनिक भएको फिल्मलाई अहिले सम्म ५९ लाख दर्शकले हेरी सकेका छन, झन्डै ८ हजारले कमेन्ट गरेका छन, १ लाख ३४ हजारले लाइक गरेका छन भने १३ हजारले अन लाइक गरेका छन ।
धेरै मानिसको मोबाइलमा फिल्म पुगेपछि निर्माण टिमले नै हाइलाइट्स नेपाललाई युट्युबमा फिल्म अपलोड गर्न अनुरोध गरेका थिए । युट्युबमा फिल्म अपलोड गरेपछि धेरै राम्रा प्रतिक्रियासहित ७ लाख भन्दा धेरै भ्युज पाएको छ । अहिले यो फिल्म युट्युबको टेन्डिङको ६ औं नम्बरमा छ ।
२ वर्ष अगाडी प्रदर्शन भएको यो हिट फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । फिल्ममा दीपकराज गिरी, दीपिका प्रसाई, जितु नेपाल, केदार घिमिरे, बृद्धि तामाङ लगायत हास्य कलाकारहरुको जोडदार अभिनय रहेको छ । फिल्मले पछिल्लो समयमा भएका शैक्षिक बेतिथिको विषयलाई चलचित्रको पर्दामा उतारेको छ ।
यस्तै अभिनेता बिराज भट्ट र मिस नेपाल निकिता चान्डक अभिनीत चलचित्र ‘साङ्लो’ युट्युबमा सार्वजनिक भएको छ । बिराजको निर्माण र निर्देशन रहेको चलचित्र गत वर्ष माघमा प्रदर्शन भएको थियो । अहिले सम्म २७ लाख दर्शकले हेरी सकेका छन । झन्डै ८ हजारले कमेन्ट गरेका छन, ९० हजारले लाइक गरेका छन भने ४ हजारले ७ सय अन लाइक गरेका छन।
फिल्म ‘साङ्लो’ बाटै विराजले निर्देशनमा डेब्यु गरेका हुन् भने यही फिल्मबाट पूर्व मिस नेपाल निकिता चण्डकले नेपाली फिल्म इन्डस्ट्रीमा डेब्यु गरेकी हुन् । किड्नी तस्करीको कथा बोकेको फिल्म एक्सनले भरिपूर्ण छ ।
फिल्ममा प्रकाश साह र कामेश्वर चौरासिया नेगेटिभ भूमिकामा छन् ।यो फिल्मको कथा शिवम् अधिकारीले लेखेका हुन् । फिल्ममा श्री श्रेष्ठको द्वन्द्व र अर्जुन जिसीको सम्पादन छ ।
यस्तै फिल्म ‘वीर विक्रम २’ युट्युबमा सार्वजनिक भएको छ । निर्माता मिलन चाम्सको निर्देशन रहेको फिल्म वीर विक्रमको दोस्रो सिक्वेल हो ,चलचित्रमा पल शाह नाजिर हुसेन, वर्षा सिवाकोटी र बुद्दी तामाङ मुख्य भूमिकामा छन् । अहिले सम्म ३४ लाख दर्शकले हेरी सकेका छन, झन्डै ५ हजारले कमेन्ट गरेका छन, ८३ हजारले लाइक गरेका छन भने ५ हजारले अन लाइक गरेका छन ।
फिल्म ‘वीर विक्रम २’ युट्युबमा सार्वजनिक भएको छ । अहिले सम्म २४ लाख दर्शकले हेरी सकेका छन । निर्माता मिलन चाम्सको निर्देशन रहेको फिल्म वीर विक्रमको दोस्रो सिक्वेल हो l चलचित्रमा पल शाह नाजिर हुसेन, वर्षा सिवाकोटी र बुद्दी तामाङ मुख्य भूमिकामा छन् ।
चाम्स इन्टरटेनमेन्ट र लन्डन सिने आईको ब्यानरमा निर्माण भएको फिल्मको निर्माता अर्पण सापकोटा हुन् भने रञ्जिता सिवाकोटी सह निर्माता रहेकी छन् । पल,नाजिर, बुद्धि र वर्षाको अलावा फिल्ममा देशभक्त खनाल, मनोज केसी, बिनिसा भण्डारी, क्षितिज सुवेदी, बाल कलाकार मनिष लिम्बु, कृजन गौतम लगायतका कलाकारको अभिनय रहेको छ ।
Comments are closed.