Nepal's First Video FM

आकाश र सलोनको ‘हिड्दा हिड्दै’ सुटिङ सोमबारबाट सुरु फिल्म दम्दार बन्ने !

363

काठमाडौं,प्रेम कथानक फिल्म ‘हिड्दा हिड्दै’ को सुटिङ सोमबारबाट सुरु भएको छ। पहिलो दिनको सुटिङ ललीतपुरको गोदावरीमा गरिएको थियो।

अभिनेता सलोन बस्नेत र अभिनेत्री सानीया खानबीचका प्रेमील दृश्य कैद गरिएको जानकारी फिल्मका प्रस्तुतकर्ता सुशील पंगेनीले दिएका छन्।

मिलन आले मगरको निर्देशनमा आकाश श्रेष्ठ,सलोन बस्नेत,नवअभिनेत्री रेखा शाह, सानीया खान, बिकास थापामगर,बिबेक रामदाम,ममता पौडेललगायतका कलाकारको अभिनय रहने फिल्मको स्क्रिप्ट प्रस्तुतकर्ता पंगेनीले लेखेका हुन्।

कोहलपुर मोडेल कलेजसँगको सहकार्यमा नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टले निर्माण गरिरहेको फिल्मको निर्मातामा प्रमोदकुमार तामाङ,राजकुमार थिङ र पारस गुरुङ छन्।महादेव शाह सहनिर्माता रहेको फिल्म काठमाडौ र गाइघाटमा खिचिने छ।

सुमनकुमार तण्डुकारको छायांकन रहेको फिल्मका गीतमा बसन्त सापकोटा र किरण माइकलको संगीत र कबिराज गहतराजले कोरियोग्राफी गर्ने छन।देव महर्जनले द्धन्द्ध निर्देशन गर्ने फिल्मको मुख्य सहायक निर्देशकमा यम भण्डारी र रामकुमार थिङ छन्।फिल्मको सुटिङ अबधि ३५ दिन तोकिएको छ।

यस्तै सविन अधिकारीको निर्देशनमा फिल्म ‘गणपति’ निर्माण हुने भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच घोषणा गरिएको फिल्मले भगवान र मानिसबीचको फरक देखाउने छ ।

माघ २ गतेदेखि छायांकन सुरु हुने फिल्मको कथा, पटकथा तथा संवाद निर्देशक अधिकारी स्वयंले तयार पारेका हुन् ।

लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरीले फिल्मको निर्माण गर्नेछन् ।

अ बिग म्यान फिल्मसको ब्यानरमा निर्माण हुने फिल्ममा मुकुन भुषाल, मेनुका प्रधान, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, अर्जुन गुरुङ, श्रीदेव वि।एल, शुशील पोखरेल आदि कलाकारको अभिनय रहने छ ।

तनहुँको बन्दीपुर गाउँपालिका थारुबासमा छायांकन हुने फिल्मका छायांकार हरिबहादुर घले हुन् । बिक्रम स्वाँरको कोरियोग्राफी र मौसम बस्नेतको ड्रेस रहने फिल्ममा शंखर धिताल एशोसिएट डाइरेक्टर, सन्तोष पौडेल मुख्य सहायक निर्देशक, कुमोद शर्मा सहायक निर्देशक, सुवास मगर फोटोग्राफर, बेदनाथ धमला र किरण मगर प्रोडक्सन र उत्तम अर्याल मुख्य सहायक छायाँकरको रुपमा रहेका छन् ।

फिल्मलाई गोविन्द शाहीले देशभर वितरण गर्नेछन् । फिल्मको गीतमा अनिस अधिकारीको शब्द तथा संगीत रहनेछ भने अनिश अधिकारी र देवेन्द्र बब्लुको पाश्वर्् गायन रहनेछ ।स्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टले फिल्मको ओभरसिज राइट्स लिएको छ । निर्देशक अधिकारीले ‘गणपति’ नाम धार्मिक सुनिए पनि फिल्ममा धर्मको विरोध र प्रचार नगरिने स्पष्ट पारे ।

‘मान्छे र भगवानबीचको फरकलाई फिल्ममा देखाउनेछौं,’ उनले भने । कलाकार जयनन्द लामाले फिल्मको कथावस्तु अत्यन्त राम्रो भएका कारण काम गर्न आतुर रहेको बताए । निर्माता लक्ष्मण थापाले फिल्मको कथावस्तु पृथक लागेका कारण लगानी गर्न तयार भएको बताए ।

You might also like

Comments are closed.