Nepal's First Video FM

अभिनेता दीलिप रायमाझी किन बिरक्तिए के पर्‍यो त्यस्तो ?

246

काठमाडौं । अभिनेता दीलिप रायमाझी अभिनित ‘लाख बिन्ति’ बोलको गीत सार्वजनिक भएको छ ।

फिल्म निर्देशक राजु अधिकारीको निर्देशन रहेको भिडियोमा दीलिपको अलवा बिन्दिया शाही, निक शर्मा, सपनकुमार थापाको समेत अभिनय रहेको छ ।

रामकृष्ण ढकालको स्वर, राम कँडेलको शब्द र सरोज प्याकुरेलको संगीत रहेको गीतको भिडियो लब्ली नवीनको प्रस्तुति र सरला भण्डारी अधिकारीको निर्माणमा तयार भएको हो ।

चितवन र पोखराका बिभिन्न स्थानमा खिचिएको भिडियोमा रबिन्द्र बरालको छायांकन, राजेश कुमारको सम्पादन रहेको छ । गीतको भावअनुसार भिडियोमा दाम्पत्य जीवनमा हुने असमझदारी र उताव–चढावलाई प्रस्तुत गरिएको छ ।

गायक सुमन केसी र गायिका मेलिना राईको स्वर रहेको ‘पिरती’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा अम्बिका गुरुङको शब्द तथा दीपक शर्माको संगीत रहेको छ ।
गीतको भिडियोमा अभिनेता नाजिर हुसेन र सुशीला थापाको अभिनय देख्न सकिन्छ । भिडियोमा नाजिर र सुशीला निकै रोमान्टिक अवतारमा प्रस्तुत भएका छन् ।

निकेश खड्काको निर्देशन रहेको भिडियोमा सुवोल थापाको कोरियोग्राफी रहेको छ । बुद्ध थापाको छायांकन रहेको भिडियो विकाश धमलाको सम्पादन रहेको छ ।

You might also like

Comments are closed.