काठमाडौं, नेपाी जनताको अभिमतलाई बुटमा कुल्चेर देशलाई अधिनायकवादतर्फ धकेलेका कारण बाध्यभएर असंवैधानिक कदमका विरुद्ध सडक संघर्षमा जानु परेको कुरा माओवादी प्रचण्ड समुहका नेता डा. भिम बहादुर रावले बताएका छन्।सहिदको रगतको मूल्यलाइ रक्षा गर्नका लागि नेकपा कार्यकर्ताहरु सडकमा जान बाध्य हुनु परेको कुरा नेकपाका नेता भीम रावलले बताएका छन्।
उक्त कुरा रावलले नेकपाले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्नेक्रममा मंगलबार धनगढीमा बताएका हुन।नेता रावलले भने– संसदीय मर्यादा ,मूल्य मान्यतालाई अबमूल्यन गरेर जनमतको खिल्ली उडाएका प्रधानमन्त्री केपी शर्मा ओली निरंकुशताबादको दिसातर्फ लम्केको बताएका छन्।
नेपालको राष्ट्रियतालाई धरापमा राखेर निरंकुशता लाद्ने कार्य प्रधानमन्त्री ओलीले पदको लागि संसद बिघटन गरेको आरोप लगाएका छन्।
नेता भीम रावलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीति गर्ने भए सुदूरपश्चिम आउन चुनौती दिएका छन।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले धनगढीमा आयोजना गरेको विरोध सभामा सम्बोधन गर्दै रावलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीति गर्ने भए सुदूरपश्चिम आउन चुनौती दिएका हुन ।
पार्टी लाई बिधी पद्धति भन्दा पनि स्वेच्छाचारिताबाट चलाएको नेतारावलको आरोप छ।नेता रावलले भने– हरेक राजनीतिक घटनाक्रममा प्रधामन्त्री ओलीले देखावटी राष्ट्रवाद मात्र देखाएको आरोप रावलको रहेको छ।
उनले राष्ट्रपतिले गुटको मात्रै संरक्षण गरेको आरोप लगाएका हुन।संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र संसदको विशेष अधिवेशन माग गर्दै आफु ८३ जना प्रतिनिधी सभा सदस्यहरुको हस्ताक्षर बोकेर राष्ट्रपति कार्यालय गएको तर निवेदन दर्ता नगरिएको उनले बताए।सरकारी कुनै पनि कार्यालयमा एउटा नागरिक गए पनि निवेदन दर्ता गर्नुपर्छ’,उनले भने,‘ तर हामी ८३ जना प्रतिनिधी सभा सदस्यको हस्ताक्षर बोकेर राष्ट्रपति कार्यालय गएपनि विवेदन दर्ता भएन्।
उनले प्रश्न गर्दै भने राष्ट्रपति कसको हो?कुनै व्यक्तिको ? वा कुनै गुटको ? वा कुनै उप गुटको ? होईन् उहाँले यदि कुनै गुटको संरक्षण गर्न चाहानुहुन्छ।यदि संविधानको मर्यादालाई नाघेर राजनीति गर्न चाहानुहुन्छ।भने शितल निवासमा नबस्नुस् यहाँलाई गुटलाई काखी च्याप्न मन लागे छ भने गुटको राजनीति गर्न मन लागेको छ भने म जस्तै मन लागे धनगढीको सडकमा आउनुहोस्।
देश यति बेला संगिन मोडमा पुगेका बेला राष्ट्रभक्त नेपाली जनताले असंवैधानिक कदमका विरुद्धमा शसक्त रुपले आन्दोलन गर्नु पर्ने बताएका छन्।
नेपाली जनताको त्याग,तपस्या र बलिदानी बाट प्राप्त लोकतन्त्रलाई कुनै पनि हालतमा तानाशाहले मास्न नसक्ने बताउँदै नेपाली जनताको विगतको ईतिहास स्मरण गर्न समेत रावलले चेतावनी दिएका छन्।रावलले भने–निरंकशुताका विरुद्ध लडेका नेताले झापा बाट निर्वाचन जितेका केपी शर्मा ओलीलाई सहजै कुर्चिबाट झारेर असंवैधानिक कदमलाई तुहाउन सफल हुने बताएका छन्।
कार्यक्रममा कृषि मन्त्री विनिता चौधरी,प्रदेश सभाका सदस्य दिर्घ सोडारी र कैलाली जिल्ला समन्वय समितिका प्रमूख सूर्य बहादुर थापा लगायतकाले मन्तव्य राखेका थिए।विरोध सभा शुरु हुनु भन्दा पहिले धनगढी चौराह बाट पार्क मोड सम्म विरोध जुलुश प्रदर्शन गरिएको थियो।
Comments are closed.