फाल्गुन १८, पछिल्लो समय भारतीय राजदूत र प्रधानमन्त्री केपी ओलीबीचको भेटवार्ता बाक्लिएको छ । प्रधानमन्त्रीमा नियुक्त भएदेखि नै नेपालका लागि भारतीय राजदूत मञ्जित सिंह पुरीले ओलीसँगको भेटघाटलाई तिब्रता दिईरहेका छन् ।
प्रधानमन्त्री बन्नुभन्दा पहिला २/३ पटक भेटघाट गरिसकेका राजदूत पुरीले ओलीसँग पछिल्लो समय पनि पटक-पटक भेटवार्ता गरेका छन् । वाम गठबन्धनको सरकार, एमाले माओवादीबीचको पार्टी एकता लगायतका विषयमा चाँसो राखिरहेको भारतले राजदूतलाई सक्रियरुपमा परिचालन गरेको छ ।
भारतीय राजदूत र प्रधानमन्त्री ओलीबीच आज पनि भेटवार्ता भएको छ । होलीको शुभकामना दिन भन्दै राजदूत पुरी बिहीबार विहानै बालुवाटार पुगेका थिए । भेटमा दुई देशको सम्बन्ध र आपसी हितका विषयमा समेत कुराकानी भएको बताइएको छ ।
Comments are closed.