युबराज मगर र देवी घर्ति मगरले गाएको साली ज्यु गीत ‘गोरखपुर रेलैमा’छोटो समयमै १० लाख बढी दर्शकले हेरे
नेपाली लोकदोहोरी क्षेत्रका चर्चित गायक युबराज मगर र अर्की लोकप्रिय गायिका देवी घर्ति मगरले आवाज दिएको सालि ज्यु गीत ‘गोरखपुरे रेलैमा’यो बेला युटुबमा छोटो समयमै १० लाख दर्शकले हेरिएको गीत भएको छ।गीत आफैमा मौलिक र सामाजिक कहानी संगै केहि फरक स्वाद दिन खोजिएको छ।गीतको भाका मौलिक भए पनि यसमा प्रयोग भएको प्रविधिहरु सबै आधुनिकी शैलीको रहेको छ।
युबराज मगरकै संगीत रहेको गीतको शब्द भने लोकप्रिय सर्जक शिब हमाल र प्रसाद खाप्तरी मगरको रहेको छ।काजिश श्रेष्ठको निर्देशन रहेको गीतको छायांकन पार्ट भने अर्जुन तिवारीको रहेको छ।जीवन थापाको सम्पादन रहेको गीतको भिडियोमा अभिनय भने रमेश बाबु थापा र बिष्णु मगर संगै आस्युईन मगर रहेका छन। गीतले सामाजिक कथालाई मात्रै हैन बास्तबिक हराउदै गएको साली ज्यु गीतको बचावट समेत गरेको छ।
लगातार गीत संगीतमा लगानी गर्दै आएका सर्जक तथा गायक युबराज मगरले यो आफ्नै गीति एल्बमको रुपमा बजार ब्यबस्थापन गरेका थिए यो गीत युबराज मगरको आफ्नै युटुब च्यानल मार्फत बजारमा आएको छ। पछिल्लो केहि समय यता दर्शकले दोहोरीलाई सोचे जस्तो माया गरेको छैन भन्ने जिज्ञासा यही गीतले पनि मेटाएको छ।यो बर्षकै सुपरहिट गीतमा यही साली ज्यु गीत पर्दछ।हेरौ भिडियो :
Comments are closed.