Nepal's First Video FM

मैले जति काम इतिहासमा कसैले गरेको छैन , प्रचण्डसंग गरिएका सम्झौताहरुले मेरो ब्रिफकेस भरिए : प्रधानमन्त्री ओली

177

काठमाण्डाै – प्रधानमन्त्री तथा नेकपाको ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले आफूले जति काम इतिहासमा कसैले नगरेको जिकिर गर्नुभएको छ ।

सुदूरपश्चिम प्रदेशस्तरीय भेलालाई काठमाण्डौमा सम्बोधन गर्दै ओलीले भूकम्पपछिको पुनर्निर्माण र अन्य विकास निर्माणका आयोजनाको काम तिव्र गतिमा सम्पन्न भइरहेको दाबी गर्नुभएको हो ।

‘भूकम्पपछिको पुनर्निर्माण र बाढिपहिरो पीडितको लागि हामीले यति तिव्र काम गर्‍यौँ, यस्तो तिव्रताका साथ काम अहिलेसम्म भएको थिएन’, ओलीले भन्नुभयो । देशमा ठूला विकास निर्माणका काम अघि बढेको तर आफ्नै दलका केहि नेताहरुले देखि नसहेको पनि उहाँले बताउनुभयाे ।

यस्तै प्रचण्डसंग गरिएका सम्झौताहरुले भरिएको ब्रिफकेस रहेको बताएका छन् । प्रचण्डले पटक पटक गरेका सम्झौत हेर्ने हो भने एउटा ब्रिफकेसनै भरिएको बताएका हुन् । ओलीले प्रचण्डलगायत नेतालाई लक्षित गर्दै डुंगा समातेर बसिराख्नेहरू छुटेको बताएका छन् । भेलालाई सम्बोधन गर्दै ओलीले अग्रगमन र गतिको डुंगा अगाडि बढेको बताए । ओलीले प्रचण्डको ध्यान जहिल्यै कसरी कब्जा गर्ने भन्ने रहेको बताए ।

त्यस्तै ओलीले प्रचण्डलाई धुँदाधुँदा धेरै साबुनका डल्ला र ड्रमका ड्रम पानी सकिएको टिप्पणी गरेका छन् । आफूले मित्रताले हंगालो हाल्दा प्रचण्डले धृतराष्ट्रलले जस्तो अंगालो मारेको उनले बताए । षड्यन्त्रकारी राजनीति छाड्नुस्, धोका बेइमानी नगर्नुस् भनेर आफूले तीन वर्ष सम्झाएको ओलीले बताए ।

You might also like

Comments are closed.