Nepal's First Video FM

चक्रपथ निर्माणको ढिलाइले मोनोरेल कुदाउन सकिएन : विद्यासुन्दर शाक्य

434

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले चक्रपथ निर्माणमा ढिलाइ हुँदा मोनोरेल कुदाउन नसकिएको बताएका छन्।

बुधबार वडा–३१ कार्यालयको भवन शिलान्यास गर्दै उनले यस्तो बताएका हुन्। ‘त्यो मध्ये एक हो, मोनोरेल। चक्रपथमा मोनोरेल चलाउने भनेका थियौँ। चक्रपथ विस्तार भइनसकेकाले त्यो काम गर्न सकेनौँ। धरहरा बनाउने भनेका थियौँ। धरहरा निर्माण सम्पन्नको चरणमा छ।

दरबार हाइस्कुल सम्पन्न भयो। रानीपोखरीको काम पहिलो चरणको सम्पन्न भयो। काष्ठमाण्डप निर्माण सम्पन्नको चरणमा छ,’ उनले भने।
शाक्यले संस्कृति सम्पदा बचाउने र सम्पदा निर्माण–पुनर्निर्माणका लागि अहिले स्वर्णयुग भएको पनि बताएका छन्।

‘मूर्त–अमूर्त सम्पदा बचाउन र सम्पदा निर्माण–पुनर्निर्माणका लागि हाम्रो कार्यकाल स्वर्णयुग हो,’ शाक्यले भने,‘अहिले जति सम्पदा निर्माण– पुनर्निर्माणको काम यसअघि भएको थिएन। हामी गौरवका साथ भन्न सक्छौँ। हाम्रो पालामा जति सम्पदा निर्माण, पुर्ननिर्माणको काम यस अघिका जनप्रतिनिधिबाट भएको थिएन।’

उनले भने,‘गुठियारहरूलाई सम्मान गर्ने काठमाडौं महानगरले नीति नै बनाएको छ। महानगरले अमूर्त सम्पदाको संरक्षण गर्न सदियौँदेखि लागेका सम्पूर्ण गुरुहरूलाई सम्मान गर्दै आएको छ। कुमारी जात्रालाई निरन्तरता दिनका लागि हामीले पाँच करोडको अक्षयकोष स्थापना गरेका छौँ।’

शाक्यले आफ्नो कार्यालकालभित्र ३२ वटै वडा भवन बनाउने प्रतिबद्धता व्यक्त गरे। हरिभवनलाई बागदरबार देखेपछि समस्या भएको पनि उनले बताए।

You might also like

Comments are closed.