काठमाडौंको न्युरोड सडकबाट संकटा मन्दिर जाने बाटोतर्फ पुग्ने जो कोहि एकछिन टक्क अडिन्छन् । कारण हो संकटा क्षेत्र अर्थात टेवहालको आकाशमाथि राखिएको ६०० वटा छाता ।
कोरोना कहरका कारणका नराम्ररी प्रभावित बनेको व्यवयासलाई उकास्न प्रचारप्रसारको विकल्पको रुपमा त्यस क्षेत्रका स्थानीय, व्यापारी तथा संकटा क्लबले संकटा क्षेत्रको सडकमा छाता राख्ने निर्णय गरेको थियो । तर यसरी राखिएको छाताका कारण व्यापार ब्यवसाय उकासिनुको सट्टा उल्टै सडकमा टिकटक बनाउने तथा फोटो खिच्नेको भीड बढेपछि सो क्षेत्रका व्यवसायीले अब छाता हटाउने योजना बनाएका छन् ।
टिकटक लगायत सामाजिक सञ्जालमा उक्त अम्ब्रेला स्ट्रिट भाइरल बनेपछि दैनिक २० हजारभन्दा धेरैले सो क्षेत्रको अवलोकन गर्दै आएको फुटपाथमा कपडा व्यापार गर्दै आएका शैलेश महर्जनले बताए । ‘अझ बिदा र शनिबारका दिन टिकटक बनाउन आउनेको युवायुवतीको संख्या यति धेरै हुन्छ कि यो बाटोमा खुट्टा हाल्ने सम्म ठाँउ हुदैँन । उनिहरु फेरी केहि किनमेल पनि गर्दैनन् । मात्र भिड गर्छन् । यसले हाम्रो व्यापार हुनै पाएन’ महर्जनले भने ।
आइतबारबाट उक्त सडक माथिबाट छाता हटाइने छ । अत्यधिक भीड हुन थालेपछि हटाउन लागिएको छाता कोरोना महामारीको अवस्था सहज भएपछि फेरि राखिने छ । संकटा क्लबको पहलमा करिब नौ लाख रूपैयाँ संकलन गरेर टेवहाल सिँगारिएको थियो । तर किनमेल गर्ने जाने भन्दा फोटो खिच्न जानेको भिड बढेपछि फेरी टेवहाल उजाडिने भएको छ ।
Comments are closed.