काठमाडौ । नेकपा दाहाल नेपाल समूहका नेता भीम रावलले विभिन्न काण्डमा मुछिएका व्यक्तिलाई मन्त्री बनाएर प्रधानमन्त्री ओलीले आफ्नो असली रुप देखाएको आरोप लगाएका छन् ।
नेकपा सुदुरपश्चिम प्रदेश समितिको बैठकलाई सम्बोधन गर्दै नेता रावलले काठ तस्करी गरेको मुद्दा खेपिरहेका व्यक्तिलाई मन्त्री नियुक्त गर्नु, ७० करोड कमिसन माग्ने व्यक्ति प्रीय पात्र बन्नुले प्रधानमन्त्रीको चरित्र सबैले बुझिसकेको बताए ।
नेता रावलले प्रधानमन्त्री ओलीले विदेशी एजेण्टसँग गोप्य बार्ता गर्दै देशको स्वाधिनतामाथी आँच आउने काम गरेको आरोप पनि लगाए । दुई बर्षपछि हुने निर्वाचनलाई अगाडी नै गराउन खोजेर प्रधानमन्त्री ओलीले राष्ट्रलाई आर्थिक भार थपेको उनको भनाइ छ ।
Comments are closed.