फागुन १८, कैलालीको टीकापुरमा होली कार्यक्रममा सहभागी भएका एक व्यक्तिलाई खुकुरी प्रहार गरी गएराति हत्या गरिएकोे छ ।
सांस्कृतिक समाज टीकापुरको आयोजनामा स्थानीय खुलामञ्चमा होली कार्यक्रम सञ्चालन भइरहेको अवस्थामा राति ११ः४५ बजेको अज्ञात समूहको खुकुरी प्रहारबाट टीकापुर नगरपालिका-२ का २१ वर्षीय करन थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता सागर बोहराले बताए ।
खुकुरी प्रहारबाट गम्भीर घाइते भएका थापाको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाइएको छ । घटनामा संलग्न रहेको आशंकामा चार जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको छ ।
पहाडी जिल्ला र तराईंका जिल्लामा छुट्टाछुट्टै दिन होली पर्व मनाउने गरिए पनि कैलाली र कञ्चनपुर जिल्लामा दुबै दिन होली मनाउने चलन छ ।
Comments are closed.