काठमाडौं, सुगम संगीत क्षेत्रमा सुमधुर स्वरको धनि अञ्जु पन्तको गीत थाहा नहुने कमै स्रोता दर्शक होलान सँग सँगै उनको सुन्दरताको सधैं चर्चा हुने गर्छ । नेपाली संगित क्षेत्रमा हिट गित दिन सफल उनै पन्तको छोरी भने मिडियामा खासै देखिन्नन् । भर्खरै मात्र छोरी परितोसिका पन्तले म्युजिक भिडियोमा डेब्यू गरेकी छिन्।
मनोज शिवाकोटिसँग विवाह बन्धनमा बाँधिएकि अन्जुको परितोसिका एकमात्र छोरी हुन् । शिवाकोटिसँग डिभोर्स भएपनि परितोषिका भने आमासँगै बस्छिन् । उमेर सानै भएपनि परितोषिका शारिरीर बनावटमा आमा बराबर छिन् । एक अर्का कपडा समेत साटेर लगाउन थालेका छन् ।
अञ्जु भन्दा पनि बोल्ड लुक्स उनमा आइसकेको छ । अञ्जुको छोरीलाई नायिका बनाउने योजना छ । यसैले अहिले देखि नै अभिनय, नृत्य सिकाईरहेकी छिन् । उनीहरु साथी जस्तै छन् । छोरी परितोसिका पनि मामुका लागि श्रीमान् भइदिए हुन्थ्यो भन्ने छ ।
त्यसैले उनी सहजै भन्छिन् । मामुले बिबाह गरे कुनै फरक पर्दैन । सक्ने भए त मामुको लागि श्रीमान् मै खोजीदिन्थे । उनीहरु मज्जाले खुल्छन् । मनोज शिवाकोटिसँग सम्बन्ध बिच्छेद भएपछि अञ्जुको विबाह गर्ने योजना भने खासै सुनिएको छैन ।
गायिका अञ्जु पन्तकी अञ्जुकै स्वर तथा संगीतमा रहेको गीत ‘धेरै माया नदेऊ’ को म्युजिक भिडिओमा उनले अभिनय गरेकी हुन्। उनको साथमा कुनसाङ बोमजमको पनि अभिनय छ। गीतको भिडिओको निर्देशन निकेश खड्काले गरेका छन्। म्युजिक भिडिओमा काम गर्नु अगाडि परिले कलाकार भोला सापकोटासँग दुई साता अभिनयको प्रशिक्षण लिएकी थिइन्।
Comments are closed.