Nepal's First Video FM

नक्कली पीसीआर रिपोर्टमा विदेश जान खोज्ने प्रहरी फन्दामा

434

नक्कली पीसीआर रिपोर्ट बनाएर विदेश जान लागेका ७ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

फ्लाई दुबईको उडानबाट दुबई जान लागेको सात जनाको टोलीलाई शनिबार साँझ विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सल्यानसहित तराईका जिल्लाका युवाहरू रहेको प्रहरीले जनाएको छ । नक्कली पीसीआर बनाइएको स्थान र सञ्चालकसम्म पुग्न पर्ने भएकाले उनीहरूको विवरण गोप्य राखिएको छ ।

You might also like

Comments are closed.