Nepal's First Video FM

निर्मल (गैडा) पल र रेश्माको ‘क्या मज्जा आको’ क्या गजब बनेछ !

126

काठमाडौँ , नायक पल शाह र मोडल रेश्मा घिमिरे अभिनित ‘क्या मज्जा आको’ बोलको गीत रिलिज भएको छ । एजिएल इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको यो गीतमा राजनराज सिवाकोटीको संगीत, राजनराज र मेलिना राइको स्वर, राजनराजकै शब्द छ ।

गीतको भिडियोमा पल शाह कृष्णको भूमिकामा देखिएका छन् भने रेश्मा सीता र राधाको भूमिकामा देखिएकी छन् । भिडियोमा अभिनेता निर्मल शर्माले पनि अभिनय गरेका छन् ।


एक नाटकमा रहने कलाकारहरूको रिहर्सलको समयको कथा देखाइएको भिडियोका निर्देशक गम्भीर विष्ट हुन् । नवराज उप्रेतीले खिचेको भिडियोलाई सम्पादन तथा कलर ग्रेडिङ नवीन निरौलाले गरेका हुन् ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.