Nepal's First Video FM

२५ दिनपछि पारसले जिते कोरोना

368

कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको २५ दिनपछि राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का कोरोना मुक्त भएका छन् ।

खड्काले सामाजि सञ्जाल फेसबुक र ट्वीटरमा आफू २५ दिनपछि कोरोनामुक्त भएको जानकारी दिएका हुन् । पटकपटक पीसीआर परीक्षण गरेको र पछिल्लो समयको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको उनले बताएका छन् ।

मंसिर २६ गते कोरोना संक्रमण पुष्टि भएपछि उनले गौतमबुद्ध कप क्रिकेट प्रतियोगिता गुमाएका थिए । संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमै बसेर उनले कोरोना जितेका हुन् ।

यो अवधिमा स्वास्थ्यलाभको कामना र सहयोग गर्ने परिवार, साथीभाइ र चिकित्सकलाई धन्यवाद दिएका पारसले यो अवधिमा आफ्नो हेरचाह गर्ने पत्नीलाई विशेष धन्यवाद दिएका छन् । उनले अब २०२१ का लागि आफू तयार रहेको समेत उल्लेख गरेका छन् ।

You might also like

Comments are closed.