Nepal's First Video FM

ड्रागन फ्रुटको बोटबाट वार्षिक पचास हजार रुपैयाँसम्म आम्दानी ! पैसा कमाउन विदेश जानपर्दैन

563

बाँके । बाँकेको खजुरा गाँउपालिका वडा नम्बर चारका तिलक सिरिस मगरले ड्रागन फ्रुटको दश वटा बोटबाट वार्षिक करिब पचास हजार रुपैयाँसम्म आम्दानी गर्न सफल भएका छन । छ बर्ष वैदेशिक रोजगारमा ड्रागन खेती गरेर घर फर्केका मगरले मलेसियाबाट एउटा बोट ल्याएर आफ्नै बारिमा खेती शुरु गरेका हुन ।

बाँकेको खजुरा चारका तिलक सिरिस मगरले छ वर्ष सम्म वैदेशिक रोजगारीका लागि मलेसियामा बसे । मलेसियामा ड्रागन फ्रुटको फार्ममा काम गरेका मगर अहिले भने आफ्नै ठाउँमा ड्रागन फ्रुटको खेती शुरु गरेका छन । शुरुमा एउटा बोटबाट खेती शुरु गरेका मगरको बारिमा अहिले १ सय १० वटा पिलरमा ४ सय ४० वटा विरुवा रहेका छन् । १० वटा बोटले आम्दानी दिन थालिसकेको छ । गत वर्ष १० वटा विरुवाबाट ४० हजार रुपैयाँ आम्दानी भएको र यस वर्ष अहिलेसम्म ३० हजार रुपैयाँ बढीको विक्री भइसकेको उनले बताए ।

ड्रागन फ्रुट खेतीमा मगरकी बहिनी कविता थापाले सघाउँदै आएकी छिन । ड्रागन फ्रुटको बजारको समस्या नरहेको थापाले बताए । अहिलेसम्म घरबाटै प्रति केजि ६ सय रुपैयाँको दरले विक्री भइराखेको छ । अहिले सेतो र पिङ्क गरी दुई किसिमका ड्रागन फ्रुटको विरुवा लगाएको पनि थापाले बताए ।
स्वास्थ्यको लागि लाभदायक भएकोले गाँउपालिकाले ड्रागन खेतीलाई प्रोत्सहन गर्ने भएको छ ।

गाँउपालिकाले आर्थिक, प्राविधिक रुपले सहयोग गरी किसानहरुलाई ड्रागन फ्रुट खेतीमा प्रोत्साहन गर्न लागेको गाउँपालिकाका कृषि शाखाले जनाएको छ ।
बाइट अंकित विश्वकर्मा, प्राविधिक, खजुरा गाँउपालिका
पालिकालाई नामुना गाँउपालिका बनाउने योजना भएकाले पनि कृषि तर्फ ड्रागन फ्रुटलाई प्राथमिकता दिएर अगाडि बढ्ने योजना गाउँपालिकाले बनाएको छ ।
स्रोत एभी न्युज

हेर्नुहोस भिडियो

You might also like

Comments are closed.