Nepal's First Video FM

आकाश श्रेष्ठले भेटाए आफ्नी मुना

621

काठमाडौं, सामाजिक अभियन्ता मनोज कार्कीको निर्माणमा ‘मुनामदन–२’ म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायक जनक विवश न्यौपाने र पछिल्लो समयकी गायिका रचना रिमालको स्वर रहेको छ ।

त्यस्तै गीतको शब्द तथा संगित पनि न्यौपानेकै रहेको छ । राजु कार्कीले एरेन्ज गरेको उक्त गीतको भिडियोमा चर्चित अभिनेता आकाश श्रेष्ठ र नव नायिका याङ्सु श्रेष्ठको दमदार अभिनय रहेको छ ।

नेपाली संगितमा आफ्नो छुट्टै पहिचान बनाएका सफल निर्देशक जनक सिंहको निर्देशन रहेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् । उत्सव दाहालले छायांकन गरेको गरेको म्युजिक भिडियोमा अभि वाग्लेको कोरियोग्राफी रहेको छ ।

You might also like

Comments are closed.