टीभी स्टार किम कार्दशियन र उनका पति कान्ये वेष्ट आफूहरुको ६ बर्ष लामो बैबाहिक जीवनलाई अलग बाटोमा लैजाने तयारीमा लागेका छन् ।
किमले श्रीमान् कान्ये वेस्टसंग सम्बन्ध विच्छेद गर्ने कुरा बाहिरिएको छ ।
केही समयदेखि दुबैबीचमा खटपट चलिरहेको छ । अहिले उनीहरु दुबै भिन्दै बस्छन् । एउटा खबरका अनुसार किम आफ्ना चार जना बच्चाहरुका साथमा लस एञ्जलसमा बसोबास गदैछिन् भने उनका श्रीमान् कान्ये वेस्ट अहिले आफ्नो फार्म हाउसमा बस्छन् ।
सुत्रका अनुसार किम स्वयंले कान्येसंग भिन्न हुने निर्णय लिएकी हुन् । किमले कान्येसंग सन् २०१४ मा विवाह गरेकी थिइन् । कान्येभन्दा पहिला पनि किमले दुई पटक विवाह गरिसकेकी थिइन् । किम प्राय: आफ्ना कुराहरुका कारण चर्चामा रहिरहन्छिन् ।
अमेरिकी टेलिभिजनमा सबैभन्दा धेरै पारिश्रमिक लिने रियालिटी टिभी स्टार हुन् किम कार्दशियन । किमले एउटा किताब पनि लेखेकी छिन्, जसको शीर्षक कार्दशियन कनफिडेन्सियल रहेको छ । किमले प्लेब्वाय म्यागजिनका लागि सन् २००७ मा न्यूड तस्बिर समेत खिचाएकी थिइन् ।
किम कार्दशियन उनको कर्भी बडीका लागि परिचित छिन् । हलिउडका टप मोडलहरु मध्येकी एक किम सामाजिक सञ्जालमा पनि निकै सक्रिय छिन् ।
किमको सम्पूर्ण परिवार नै सेलिब्रिटी छन् । किमका पिता रोबर्ट कार्दशियन अमेरिकाका प्रख्यात वकील थिए भने उनकी आमा क्रिस जेनर पनि परिचित सेलिब्रिटी हुन् ।
Comments are closed.