Nepal's First Video FM

ओली समूहले गर्‍यो भीम रावललाई कारबाहीको सिफारिस, ३० लाख हिनामिना गरेको आरोप !

380

काठमाडौं , सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी ओली समूहले सुदूरपश्चिम प्रदेश कमिटी विस्तार गरेको छ। प्रदेश कमिटीको चौथो विस्तारित बैठकले प्रदेश कमिटी विस्तार गर्ने निर्णय गरेको हो। बैठकले प्रदेश कमिटी विस्तार गरेर ५५१ सदस्यीय बनाएको छ।

बुधबार प्रदेश संयोजक लेखराज भट्टको प्रमुख आतिथ्य र अध्यक्ष कर्णबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले पुस २४ गते धनगढीमा जनसभा गर्ने निर्णयसमेत गरेको छ। उक्त जनसभामा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

बुधबार बसेको प्रदेश कमिटी बैठकले नेता भीम रावलले पार्टीको खाताबाट ३० लाख नगद झिकेर हिनामीना गरेको भन्दै कारबाहीको सिफारिससमेत गरेको छ।

‘बैठकले पार्टीको खाताबाट ३० लाख नगद झिकेर हिनामिना गरेकोमा भीम रावल पीएचडीलाई कारबाही गर्न सिफारिश समेत गरेको बताइएको छ’, प्रेस सल्लाहकार थापाले फेसबुकमा लेखेका छन्।

‘बैठकले पार्टीको खाताबाट ३० लाख नगद झिकेर हिनामिना गरेकोमा भीम रावल पीएचडीलाई कारबाही गर्न सिफारिश समेत गरेको बताइएको छ’, प्रेस सल्लाहकार थापाले फेसबुकमा लेखेका छन्। स्रोत अन्नपूर्ण पोस्ट

You might also like

Comments are closed.