एजेन्सी, बलिउडमा बादशा सलमान खान स्थापित अभिनेता हुन् उनिको अहिलेसम्म थुप्रै युवतीहरुसँग नाम जोडिइसकेको छ। संगै उनि अबिबाहित अभिनेता हुन् उनले अभिनय गरेका फिल्महरु सफल छन् ।
उनी अभिनेत्री ऐश्वर्या रायदेखि लिएर कैटरीना कैफसँग पनि प्रेमसम्बन्धमा थिए। उनको पछिल्लो समय कैटरीनासँग सम्बन्ध टुटेको थियो। सलमान र कैटरीनाले एकसाथ पार्टनर, युवराज र एक था टाइगरमा काम गरेका थिए ।
यी दुईको जोडीलाई पनि निकै राम्रो प्रतिक्रिया प्राप्त भएको थियो । फिल्ममा काम गर्ने क्रममा नै उनीहरु एक अर्कासँग नजिकिएका थिए।
तर उनीहरुको केही समयमा ब्रेकअप भयो। मिडिया रिपोर्टका अनुसार सलमानको रिसका कारण उनीहरुको ब्रेकअप भएको थियो । ब्रेकअपपछि पनि सलमान र कैटरीना एक अर्काको असल साथी हुन्।
यसैबीच, सलमान खानले द कपिल शर्मा शोमा अझै पनि कैटरीनाको फोटोहरु जुम गर्दै हेर्ने गरेको खुलाएका छन्। उनी कैटरीनालाई फलो गरिरहने र उनका फोटोहरु हेर्ने गरेको बताउँछन्।
Comments are closed.