काठमाडौँ , अभिनयका खानी कर्मा र सुन्दरी गायिका इन्दिरा जोशीको अभिनय रहेको ‘बेग हानी गाको’ बोलको गित यही साता मात्र सार्वजनिक भएको छ । यो गितलाई अहिले सम्म १ लाख ६६ हजार दर्शकले हेरी सकेका छन् भने १ हजार ३ सयले कमेन्ट र ११ हजारले लाइक झन्डै २ सयले अन लाइक गरेका छन् ।
यसै बिचमा कर्माले इन्दिरा जोशी सँगको सुन्दर तस्बिर सामाजिक संजालमा शेयर गरेका छन्, हेर्नुहोस उनीहरुको सुन्दर तस्बिर।
कर्माको सामाजिक संजाल बाट साभार
‘बेग हानी गाको’ गीत श्रीकृष्ण बम मल्लले लेखेका हुन्। यसको संगीतमा प्रतिष्ठित ब्यान्ड कुटुम्बले साथ दिएका छन्। गीतकाे संगीत संयोजन योगेश काजीको छ।
अलेन श्रेष्ठको निर्देशन रहेको भिडिओलाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन्। यसमा रबिन श्रेष्ठले सहायक निर्देशकको भूमिका निर्वाह गरेका छन्।
भिडिओमा कर्मा, कविता आले, विनोद भट्टराई र मिश्री थापाले अभिनय गरेका छन्। भिडिओमा गायिका इन्दिरा पनि मुख्य भूमिकामा देखिएकी छिन्।
Comments are closed.