Nepal's First Video FM

‘छक्का पञ्जा ३’ ले युट्युबमा नयाँ रेर्कड बनायो १७ दिनमै करोड भ्युज

472

काठमाडौं– दीपक र दीपाको सिनेमा ‘छक्का पञ्जा ३’ ले युट्युबमा नयाँ रेर्कड बनाएको छ । अपलोड गरिएको १७ दिनमै सिनेमाले युट्युबमा १ करोड बढि भ्युज पाएको छ । यो सिनेमालाई सबैभन्दा छोटो समयमा १ करोड पटक हेरिएको छ ।

‘छक्का पञ्जा ३’ लाई दर्शकले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् । हाल सिनेमा युट्युब ट्रेन्डिङको पाँचौं नम्बरमा छ । नीजि र सामुदायिक विद्यालय बिचको अन्तरद्धन्द्धलाई प्रस्तुत गरेको सिनेमा बक्स अफिसमा ब्ल्कबस्टर सावित भएको थियो । नेपाली सिनेमाको इतिहासमै सबैभन्दा बढि कमाई गर्ने सिनेमा ‘छक्का पन्जा ३’ हो ।

दीपाश्री निरौला निर्देशित सिनेमामा दीपकराज गिरी, दीपिका प्रसाईं, केदार घिमिरे, जितु नेपाल, नीर शाह, शिवहरी पौडेल, किरण के.सी, बुद्धि तामाङ, अनुरागमान सिंह कुँवर, लक्ष्मी गिरी, विल्सन विक्रम राई लगायत कलाकारहरुको अभिनय छ ।

यसअघि सिनेमा ‘ए मेरो हजुर ३’ले युट्युबमा १९ दिनमा १ करोड भ्यूज पाएको थियो ।

You might also like

Comments are closed.