Nepal's First Video FM

हामी देश कसरी जोगाउन सकिएला भन्ने चिन्तामा छौँ,जनचाहना अनुसार अगाडि बढ्न तयार: पूर्वराजा ज्ञानेन्द्र

360

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले देश कसरी जोगाउन सक्रिन्छ भन्ने चिन्तामा आफू रहेको बताएका छन् । आइतबार २९९ औं जयन्ती तथा राष्ट्रि एकता दिवसको अवसरमा शुभकामना सन्देश दिँदै ज्ञानेन्द्रले यस्तो बताएका हुन् ।

पृथ्वीनारायण शाहको २ सय ९९ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा श्रद्धास्मरण व्यक्त गर्न शुभकामना सन्देश जारी गर्दै पूर्वराजाले जनचाहना बमोजिम अघि बढ्नु शाहवंशीय राजपरम्पराको विशेषता भएको तथ्य स्मरण गराउँदै जनचाहनाको कदर गर्ने बताउनुभएको हो ।

‘नेपाली भनेका नेपाली नै हुन् । कुनै अर्को जलप लगाएर हुँदैन भन्ने अपार राष्ट्रभक्तिले ओतप्रोत भएर बडामहाराजाधिराजबाट नेपाल राष्ट्र निर्माणमा आफ्नो पूरै जीवन असर्पण गर्नुभएको तथ्य स्मरण मात्र हुँदा पनि हामी सबै नेपाली गौरवान्वित हुने गर्दछौँ’, ज्ञानेन्द्रले भनेका छन्, ‘यो समयमा देश कसरी जोगाउन सकिएला भन्ने चिन्ताग्रस्त अवस्थामा छौँ ।’

सडकबाट ‘राजा आउ देश बचाउ’ को नारा घन्किरहेका बेलामा पूर्वराजाले दिएको यो सन्देशले विशेष अर्थ बोकेको बुझ्न सकिन्छ ।

पूर्वराजाको सन्देशमा अघि बढ्ने क्रममा देशको आवश्यकता र जनताको चाहना हुँदा शाहवंशीय राजाहरुले सक्रिय भूमिका मात्र निर्वाह गरेका छैनन्, सम्वैधानिक राजतन्त्रको मर्यादा अनुरुप व्यवहार पनि भएको उल्लेख गरिएको छ ।

पूर्वराजाले देश र जनताको हित नै सर्वोपरी रहँदै आएको स्पष्ट पार्दै राजगद्दी त्याग्नेसम्मको उच्च साहस र इमानदारी देखाएको पनि दर्शाउनु भएको छ ।

नेताहरु विदेशीको इशारामा चलेकोतर्फ सावधान गराउँदै पूर्वराजाको सन्देशमा, ‘हाम्रो विचारमा राजनीति भन्नु नै देश सेवाको उच्चतम साधना हो ।

You might also like

Comments are closed.