काठमाडौं । टोखाको ग्राण्डी भिल्ला हाउजिङमा मृत भेटिएका ३३ वर्षीया सुदिक्षा गिरीले पतिको हत्या गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । शुक्रवार राती भिल्लामा मृत भेटिएका सुदिक्षा र पति उमेश केसीको पोष्टमार्टमको प्रारम्भिक विवरणअनुसार पति हत्यापछि आत्महत्या गरेको देखिएको छ ।
त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा गरिएको पोष्टमार्टमा संलग्न चिकित्सकले आईतबार प्रहरीलाई प्रारम्भिक विवरण दिएका छन् । विवरणअनुसार उमेशले ज्यान गुमाएको १० देखी १२ घण्टापछि सुदिक्षाले आत्महत्या गरेको देखिन्छ । शुक्रवार राती पौने ९ मा उनीहरुको शव भटिएको थियो । उमेश भिल्लाको एकतला माथि बेडमा मृत अवस्थामा भेटिए । सो तल्लामा जाने भर्याङमा सुदिक्षा झुण्डिएकी थिइन् ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुका अनुसार चिकित्सकले उमेशको मृत्युको कारण ‘ब्लन्ट फोर्स इन्जुरी’ भनेका छन् । निधारमाथिको भागमा चोट लागेको र सो चोटका कारण ‘ओभर ब्लिडिङ’ भएर उनको ज्यान गएको चिकित्सकहरुको निष्कर्ष छ ।
सुदिक्षाको मृत्युको कारणचाहि ‘ह्याङगिङ’ भएको पोष्टमार्टमको प्रारम्भिक विवरणबाट खुलेको छ । उमेशको हत्या गरेर केही घण्टापछि सुदिक्षाले आत्महत्या गरेको अनुसन्धानबाट देखिएको महानगरीय अपराध महाशाखाका एसएसपी दिपक थापाले बताए । रातोपाटीमा समाचार छ ।
Comments are closed.