Nepal's First Video FM

सुर्य चिन्ह नपाए आँधीवेहरी ल्याउने प्रचण्डको चेतावनी

505

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो समूहले पार्टीको नाम र सुर्य चिन्ह नपाए आन्दोलनको आँधीवेहरी ल्याउने चेतावनी दिएका छन् । आज पोखरामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

‘नेकपा र सुर्य चिन्ह हाम्रो हो,’ प्रचण्डले भने,‘चिन्क र नाम नपाए आँधीवेहरी आउँछ ।’ उनले पार्टीमा आफूहरु नै आधिकारिक भएको दाबी समेत गरे । ओलीमाथि जालझेलको आरोप लगाउँदै उनले फेरि त्यस्तै हुनसक्ने आशंका गरे । पार्टीको नाम र सुर्य चिन्हमा समेत यताउता गर्ने खेल भइरहेको भन्दै त्यसबाट गम्भीर परिणाम उत्पन्न हुने चेतावनी दिए ।

ओलीको पटक पटक आलोचना गरेका प्रचण्डले जनयुद्ध सम्बन्धी उल्लेख गरिएको राजनीतिक प्रतिवेदन सम्झन भने । ओलीले जनयुद्धलाई कुहिएको फर्सी भनेकोमा आपत्ती जनाउँदै ओलीले नै जनयुद्ध लेखिएको प्रतिवेदनमा हस्ताक्षर गरेको स्मरण गराए । स्रोत रिपोटर्स नेपाल

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.