टिकटक बनाउन सार्वजनिक ठाउँ जति रमाइलो अन्त कहाँ होला र ? वसन्तपुरमा नाचेर भाइरल भएकी सम्झना भन्छिन् !
काठमाडौँ, हिजो आज टिकटक निकै चलेको छ, यो एउटा एप हो यसमा अरुले गायको र नाचेको गीतमा एक्टिङ मात्र गर्ने हो, अचेल टिकटकमा सम्झना राई विश्वकर्माका भिडिओहरू निकै चर्चामा छन्।
वसन्तपुर, न्युरोड जस्ता सार्वजनिक ठाउँमा सम्झनाले नाचेका भिडिओ धेरैले रूचाएका हुन्। धेरैले उनलाई आत्मविश्वासी र साहसी भन्दै तारिफ गरेका छन्।
२७ वर्षीया सम्झना नृत्य कोरिओग्राफर हुन्। कीर्तिपुर, पाँगादोबाटोस्थित ‘रिमेम्बर डान्स कल्चर एन्ड ड्रेस हायर सेन्टर’ की संस्थापक र सञ्चालक पनि।
नाच सिकाउनुका साथै सेन्टरबाट कार्यक्रमका लागि सांस्कृतिक लुगा, गाउन, लेहेंगा लगायत लुगाकपडा भाडामा उपलब्ध गराइन्छ। विगत ८ वर्षदेखि सम्झना एक्लै यो सेन्टर चलाइरहेकी छन्।
अहिले एकाएक आफ्नो नृत्यका कारण ‘भाइरल’ भएपछि सम्झना गदगद् छिन्। टिकटक खोलेको दुई वर्षपछि आफ्नो प्रतिभा ठूलो समूहमा पुगेको महसुस गरेकी छन्।
सानै उमेरदेखि नाच्न सिपालु सम्झनालाई याद छैन, उनी कहिले स्टेज कार्यक्रममा लागिन्। १३ वर्षकी हुँदा पहिलो पटक डान्स एकेडेमीमा नाच सिकेको सम्झिन्छिन्।
‘आफ्नो नृत्य, प्रतिभा र सपना खुलेको महसुस भइरहेको छ। यतिका वर्षको संघर्षपछि मिठो फल पाएझैं भएको छ,’ सम्झनाले खुसी साट्दै भनिन्।
Comments are closed, but trackbacks and pingbacks are open.