Nepal's First Video FM

अमेरिकाबाट आएका श्रीमानकाे हत्या गरि आत्महत्या: पोष्र्टमार्टम रिपोर्ट आयो

691

काठमाडौं, शनिबार बिहान टोखा स्थित ग्राण्डी अस्पताल छेउको हाउजिङमा भेटिएको एक दम्पतीको शवको पोष्र्टमार्टम रिपोर्ट आएको छ । शनिबार दिउसो त्रिवि शिक्षण अस्पतालमा गरिएको पोष्टमार्टम रिपोर्ट आइतबार आएको प्रहरीले जनाएको छ ।

शुक्रबार नै मृत्यु भइसकेको अवस्थामा सो हाउजिङको एक कोठामा सुर्खेत घर भएका उमेश केसी र सुदिक्षा गिरीकाे शव फेला परेको थियो । उनीहरु दुवैजना श्रीमान श्रीमती नै इन्जीनियर हुन् । जसमा श्रीमान केहीदिन अघि मात्रै अमेरिका बाट आएको खुलेको थियो ।

प्रहरीलाई प्राप्त रिपोर्टमा श्रीमती सुदिक्षादेले झुण्डिएर आत्महत्या गरेको खुलेको छ । त्यस्तै श्रीमान उमेशको भने रगत अत्याधिक बगेको कारण मृत्यु भएको रिपोर्ट आएको प्रहरीले जनाएको छ ।

रिपार्टपछि घटनामा श्रीमानको हत्यापछि श्रीमतीले आत्महत्या भएको भनिएको अनुमानलाई प्रमाणित गर्न सहयोग गरेको प्रहरीको भनाइ छ । घटनाका सम्बन्धमा अझै थप अनुशन्धान गर्ने प्रहरीको भनाइ छ । शव भेटिएको कोठाबाट प्रहरीले रगतसँग लतपतिएको सिलौटा बरामद गरेको थियो ।

त्यस्तै मृतक श्रीमानको टाउकोमा चोट लागेको कारण प्रहरीले श्रीमानको हत्या गरि श्रीमतीले आत्महत्या गरेको अनुमान गरेको थियो ।

You might also like

Comments are closed.